काठमाडाैं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ४ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ ।
एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डको गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो ।
योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले यी ३ वटै योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ २८ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । यसर्थ भदो २७ गतेभित्र कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन् ।
एनआईसी एशिया सेलेक्ट–३० ले १४, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.५०, एनआईसी एशिया ग्रोथ फन्डले ९.५० र एनआईसी एशिया ब्यालेन्स फण्डले करसहित ९.२५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरिसकेको छ ।
यी चारवटै योजनाको कोष प्रवर्द्धकमा एनआईशी एशिया बैंक, तथा योजना व्यवस्थापक एवं डिपोजटरीमा एनआईशी एशिया क्यापिटल रहेको छ ।
प्रतिक्रिया