काठमाडौं । एनसेलले पेरिस पारालिम्पिक्स–२०२४ मा देशका लागि पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्धनलाई १० लाख नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
पारालिम्पिक्समा सहभागी पारा खेलाडी एवम् प्रशिक्षकहरूलाई समेत कुल १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा एनसेलले गरेकाे छ ।
एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको सहकार्य अनुसार सम्मान दिने घोषणा गरेको जनाइएको छ ।
एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आइरहेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेसाले नेपाललाई दिलाएको पदक उनको मात्रै सफलता नभएर राष्ट्रको नै गौरव भएको बताए ।
प्रतिक्रिया