Logo

अर्थ

आरबीबी म्युचुअल फन्डको लाभांश घोषणा



काठमाडाैं । आरबीबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरबीबी मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित आरबीबी म्युचुअल फण्ड १ र आरबीबी म्युचुअल फण्ड २ नामक योजनाका लागि लाभांश घोषणा गरिएको हो ।

आज बसेको सञ्चालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड १ को करसहित ३.८१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

त्यस्तै आरबीबी म्युचुअल फन्ड–२ को करसहित ८.७४ प्रतिशत नगद लाभांशको निर्णय भएको जनाइएको छ ।

लाभांश वितरण प्रयोजनका लागि आगामी भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ । यसर्थ भदौ ३० गतेसम्म कायम इकाईधनीहरु मात्रै लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रकाशित मिति : भाद्र २०, २०८१ बिहीबार  १२ : २७ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।