Logo

अर्थ

नेपाल एसबिआई बैंकको सीईओमा पुनः दिपक कुमार दे नियुक्त



काठमाडौं । नेपाल एसबिआई बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीईओ )मा दीपक कुमार दे पुनः नियुक्त भएका छन् ।

बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले दे लाई बैंकको सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकको प्रवन्धक संचालक तथा सीईओ रहेका देको कार्यालय १६ सेप्टेबर (भदौ ३१ गते ) चार वर्षे कार्यकाल सकिँदैछ । उनलाई असोज १ गतेदेखि लागू हुनेगरी आगामी ६ महिनाका लागि बैंकको सीईओमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

दे बैंकको प्रबन्ध सञ्चालक समेत हुन् ।

प्रकाशित मिति : भाद्र २०, २०८१ बिहीबार  १२ : ३५ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।