Logo

अर्थ

नागपोखरीमा नामीको अत्याधुनिक शोरुम सञ्चालनमा आउँदै



काठमाडौं । काठमाडौंको नागपोखरीमा चिनियाँ विद्युतीय गाडी (ईभी) नामीको अत्याधुनिक शोरुम सञ्चालनमा आउने भएको छ ।

आगामी अक्टोबरको अन्त्यमा नागपोखरीमा नयाँ शोरुम सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

हालका लागि नक्साल स्थित सेरेस शोरुमसँगै रहेको स्थानबाट नामीको टेस्ट ड्राइभ गरी यसको अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।

नेपालका लागि नामीको आधिकारिक वितरक एमएडब्लु ग्रुप हो । यो ग्रुपले यामाहा, जिप, दिपल, फोटोन, सेरेस, स्कोडा, सोकोन र अन्य विभिन्न ब्रान्डका गाडीको कारोबार गर्दै आइरहेको छ । नामीले काठमाडौं उपत्यकामा ललितपुरको थसिखेल, भक्तपुर र नयाँ बजारमा डिलर सञ्चालनमा ल्याइसकेको छ ।

उपत्यका बाहिर पोखरा, चितवन, विराटनगर, नेपालगञ्ज र बुटवलमा नेटवर्क विस्तार भएको छ भने दाङ, धनगढी र विर्तामोडमा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार १४:२८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।