Logo

सुरक्षा/अपराध

ढुङ्गा प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ



रोशी गाउँपालिका-११ भैँसेडाँडा बस्ने २५ वर्षीय सुब्बा बिसुङ्खेको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय सन्तोष नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिसुङ्खेले सोही ठाउँ बस्ने ५५ वर्षीय खड्ग बहादुर नेपालीलाई बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएको र सन्तोषले ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका बिसुङ्खेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते खड्ग बहादुरलाई उपचारको लागि हेम्स अस्पताल काठमाडौं लगिएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार १७:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।