जनकपुर उपमहानगरपालिका-४ स्थित डिके होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय गणेश साह लगायत ८ जनालाई नगद १ लाख ६३ हजार ६ सय ६० रुपैयाँ र ३ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया