काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकमा बढेको छ । आज नेप्से परिसूचक ११.५८ अंक बढेर २५८८ मा कायम भएको छ ।
अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९ करोडमा खुम्चिएकाे छ ।
१३८ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने १२ को स्थिर रहेकाे छ । बैंकिङ सबैभन्दा धेरै १.०१ प्रतिशत बढेकाे छ ।
विकास बैंक ०.६६, हाइड्रोपावर ०.३१, लगानी ०.६२, जीवन बीमा ०.२४, निर्जीवन बीमा ०.४७, अन्य ०.४१ र व्यापार ०.०७ प्रतिशत बढेका छन् । माइक्रोफाइनान्स ०.१८, उत्पादन ०.१९, होटल तथा पर्यटन ०.६१ र फाइनान्स समूह ०.१७ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा धेरै सीएचडीसीको कारोबार भएको छ । यस कम्पनीको २७ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको १४ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै इस्र्टन हाइड्रोपावर, आत्मानिर्भर लघुवित्त वित्तीय संस्था र अपर स्यांगे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.६५ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया