Logo

अर्थ

हिमालय ऊर्जाको साढे १४ लाख कित्ता साधारण सेयर लिलामी बिक्रीमा



काठमाडौं । हकप्रदमा बिक्री नभएको हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ४६ हजार ३५९ कित्ता साधारण सेयर लिलामी बिक्रीमा आएको छ । आज सोमबारदेखि कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिनेछ ।

१४ गतेसम्म यस कम्पनीको लिलामी सेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ । यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । न्यूनतम १०० र बढीमा सबै सेयरका लागि आवेदन दिन सकिनेछ ।

नक्सालस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालय तथा नबिल बैंकका शाखा कार्यालयहरु बिराटनगर, जनकपुर, सूर्यविनायक, पोखा, कोहलपुर, सुर्खेत र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार १०:०८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।