Logo

अर्थ

सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल र सिप्ला सेक्युरिटीजबीच लेनदेन विवाद



काठमाडौं । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल र ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०)बीच हिसाब लेनदेनमा विवाद देखिएको छ ।

सोमबार सिप्लाले अग्रवालविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएको छ भने अग्रवालले सिप्लाविरुद्ध कारबाही गर्न माग गर्दै नेपाल स्टक एक्सचेञ्जमा कारबाहीको माग गर्दै उजुरी दिएका छन् ।

अग्रवालले हिसाव फरफारक गर्न १ करोडका दरले दिएको १६ वटा चेक आफैले लिएर फरार भएको सिप्लाको भनाइ छ । अग्रवाललाई उपस्थित गराएर रकम भुक्तानी गराउनका लागि उचित कारबाहीका लागि सिप्लाले ब्यरोसँग सहयोग माग गरेको छ ।

लगानीकर्ता अग्रवाल भने आफूलाई सिप्लाले नै रकम भुक्तानी गर्न बाँकी रहेको दाबी गरेका छन् । ‘उसले मलाई दिएको चेक नै छ, रकम मैले लिनुपर्नेमा भुक्तानी भएको छैन’ अग्रवालले भने ।

आफूले सिप्लाबाट ७ करोड ८८ लाख रुपैयाँ पाउनुपर्ने रकम भुक्तानी नभएको अग्रवालको दाबी छ । ‘ब्रोकरले कानुन बमोजिम समयसीमाभित्र रकम भुक्तानी नगरेकाले मैले पाउनुपर्ने रकममा कानुन बमोजिम ब्याज पाउनुपर्छ’ उनले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

सीआईबीमा ब्रोकर कम्पनीले नै झुटो निवेदन दिएको अग्रवालको आरोप छ । ‘सिप्ला आफैले दिएको लेजरबमोजिम भुक्तानी हुन बाँकी रकम भुक्तानी नगर्ने र कारबाही गर्न सरकारी निकाय पनि गम्भीर नहुने हो भने लाखौं लगानीकर्तालाई सेयर बजारप्रति विश्वास गुम्ने खतरा हुन्छ’ अग्रवालले भने ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार १८:०१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।