Logo

पत्रपत्रिका

किसानको समस्या नबुझेका हुन त कृषिमन्त्री अधिकारीले ?



काठमाडौं । नेपाली काँग्रेस र नेकपा (एमाले) को सरकारमा रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकासमन्त्री बनेका छन् ।

कृषक परिवारमा जन्मिएर काँग्रेसको राजनीतिमा लागेका अधिकारी कांग्रेसका कृष्णप्रसाद भट्टराईले पत्याएका नेता हुन् । २०७९ सालको निर्वाचनमा धादिङ्ग क्षेत्र नम्बर १ बाट चुनाव जितेका अधिकारी कृषिमन्त्री बनेको दुई महिना बितिसक्दा पनि मन्त्रालयको आन्तरिक समस्या र कर्मचारीहरुको असहयोगले सफल बन्न सकेका छैनन् ।

मन्त्रालयमा जरो गाडेर बसेका नेकपा (एमाले) का उच्च पदस्थ कर्मचारीको चेपुवामा परेको समाचार श्रोतले बताएको छ । कृषिप्रधान देश नेपालमा भारतबाट वर्षेनी ठूलो परिमाणमा चामल, फलफूल र तरकारी आयत हुँदै आइरहेको छ ।

किसानका खेतबारी बाँझो हुने प्रवृत्ति बढ्दै गएको छ । मन्त्रालयका भ्रष्ट कर्मचारीहरुले किसानको समस्या बुझ्न नसक्दा यस्तो अवस्था आएको जानकारहरुले बताएका छन् ।

किसानको लागि आवश्यक पर्ने मल, विउ, लगायतका चिजमा कमिसन खान पल्केका कृषि मन्त्रालयका कर्मचारीहरुको पहिचान गरी कृषि क्रान्तिमा मन्त्री अधिकारीले हस्तक्षेप गर्नुपर्ने र असहयोग जानकारहरुले बताएका छन् ।

वास्तविक किसानको समस्याको पहिचान गरी सहुलियत ऋणको व्यवस्था र पुरस्कारको व्यवस्था गरे कृषिप्रति किसानको आकर्षण बढ्ने जानकारहरुले बताएका छन् ।

अहिले वास्तविक किसानहरुले अनुदान नपाई टाढाबाढा नक्कली किसानहरुले कुखुरा पालन, बंगुर पालन, बाख्रा पालन लगायतका विषयमा गाउँपालिकामा फोटो पेस गरेर अनुदान लिने प्रवृत्तिले वास्तविक किसानहरु मर्कामा परेका छन् ।

मन्त्रालयबाट अनुगमन नहुँदा अनुदानको रकम बालुवामा पानी जस्तै बनेको जानकारहरुले बताएका छन् । कृषि मन्त्रालयको कर्मकाण्डी प्रवृत्तिले हुने खानेहरुलाई भन्दा हुँदा खाने वर्गलाई असर गरेको र दुई छाक हातमुख जोड्न सकस परेको बताइएको छ ।

यस्तो किसिमका वेथिति र विकृतिलाई पहिचान गरी मन्त्री अधिकारीले किसानलाई राहत दिन सके मात्र कृषिप्रति किसान आकर्षित बन्ने श्रोतले बताएको नयाँ विमर्शमा खबर छ ।

अहिले आकासिँंदो मूल्यवृद्धिले नजिकिंँदै गरेको दशैं, तिहार, छठ लगायतका चाडबाडमा गेडागेडी, तरकारी र फलफूलको अत्याधिक महंगीले जनता आक्रान्त हुंँदा पनि कृषिमन्त्री अधिकारीको ध्यान नजानुमा गठबन्धन सरकारको सुशासन र डेलिभरीप्रति प्रश्नचिन्ह खडाभएको छ ।

यसतर्फ कांग्रेसका जुझारू मन्त्री अधिकारीले खुट्टा कमाउन नहुने जानकारहरूले बताएका छन् । नत्र एक थान मन्त्री पदले अधिकारीको राजनीतिक छवि धमिलिने र कांग्रेस समेत बदनाम बन्ने चर्चा चलेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार १९:२९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।