Logo

प्रमुख समाचार

गृहमन्त्रीको बचाउमा भने के प्रधानमन्त्रीले ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको भनाइलाई अपराधको रुपमा लिन नहुने बताएका छन् । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रीले प्रारम्भिक सुचनाको आधारमा बोलेको कुरालाई अयोग्यताको रुपमा लिन नहुने बताए ।

गृहमन्त्री लेखकले नख्खु खोलामा बगाएका पााँच जना उद्धार गर्न नसक्दा बगाएको बताएका थिए। गृहमन्त्रीले त्यो सूचना मिडियासामू भन्नुभन्दा पहिला नै तीन जनाको उद्धार भइसकेको थियो ।

यही विषयलाई लिएर चर्को विरोध भएपछि प्रधानमन्त्रीले बचाउमा भने,‘गृहमन्त्रीलाई मान्छे बगेको रिपोर्ट आयो आफैं गएर हेर्नसक्ने कुरा त आएन । मान्छे बगाएर लग्यो भन्ने त्यहाँको मान्छेहरुले दिएको रिपोर्ट आएपछि गृहमन्त्रीले त्यही भाषा भन्नुभयो बचाउन सकिएन भनेर, अलि त एकजना भाइले बचाउनुभएछ । उहाँलाई धन्यवाद ।’

उनले प्रारम्भिक जानकारी दिएको कुरा कहिलेकाही फरक पर्नसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १९:०८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।