Logo

पत्रपत्रिका

कांग्रेस भित्र उथल पुथल मच्चाउँदै शेखर : सरकार विरुद्ध प्रचण्डको मोर्चाबन्दी



काठमाडौं । सत्ताबाट चिप्लिएका पुष्पकमल दाहाल ‘प्रचण्ड” मुलुकको राजनीतिमा अझै उथल-पुथल ल्याएर ओली नेतृत्वको सरकारलाई घेराबन्दी गर्न खोजी रहेछन् ।

कुनै बेला माओवादीसँगको कार्यशैलीलाई लिएर आफ्नै पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै सरकारको स्थिरता र विकासका निम्ति एमालेसँग समिकरण गर्नु पर्ने भन्दै आएका कांग्रेस नेता शेखर कोइराला वर्तमान सरकारले हनिमुन डेज मनाई नसक्दै असन्तुष्ट बन्दै गएकोमा धेरैले आश्चर्य मात्र मानेका छैनन् शेखर असन्तुष्टिले कांग्रेस भित्र विद्रोह गराएर कतै प्रचण्डको रणनीति शेखर कोइरालालाई अघि सार्नु रहेको हुन सक्ने बताउँछन् ।

यति छिटो सरकारसँग शेखर कोइरालाले असन्तुष्टि जनाउनु पर्ने यस्तो के कारण आई पर्यो राजनीतिक जानकारहरु भनिरहेछन् । त्यसो त यो सरकारले जनतामा कुनै भरोसा जगाउने काम गरेको छैन ।

बरु व्यापारीको डेडिकेटेट र ट्रंक लाईनको महशूल भुक्तानी गर्ने विषयमा प्राधिकरण प्रमुख कुलमान घिसिङलाई हटाउन खोजेको तर, ब्यापक विरोध भए पछि नसकेको, उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउन गरेको तयारीको हल्लाबाट पछि रहेको बाल मन्दिर जग्गा प्रकरणमा मुछिए की गणेशमान सिंह पुत्री रिता सिंह मथ भइरहेको छानविन फितलो पारिएको, नक्कली भूटानी शरणार्थी, बालुवाटार जग्गा, गिरीबन्धु टी-स्टेट प्रकरणमा भइरहेको छानविन र कारवाही प्रक्रिया फासफुस पार्न खोजिएको विषयलाई लिएर ओली सरकारप्रति आम नागरिकको निकै असन्तुष्टि देखिन्छ ।

कांग्रेस नेता शेखर कोइरालाले पनि कुलमान घिसिङलाई हटाउने र उपसभामुख ईन्दिरा राना माथि महाअभियोग लगाउने विषयमा खुलेरै आफ्नो पार्टी नेतृत्वको आलोचना प्रधानन्यायाधीश रहेकी सुशीला कार्की गरेका छन् ।

उनले विगतमा फसेको भन्दै आफूले उपसभामुख विरुद्ध विरुद्ध कांग्रेस महाअभियोगमा गएर त्यस्तो महाअभियोग लगाएर फस्न बालुवाटारमा बैठक गरेर प्रधानमन्त्री नहुने भन्दै आएको बताएका छन् ।

देउवाबीच इन्दिरा राना माथि ओली र कांग्रेस सभापति शेरबहादुर महाअभियोग लगाएर हटाउने सहमति भइरहँदा शेखर कोइराला आफ्ना पार्टी अध्यक्षलाई जानकारी दिएर सिंगापुर ज न्छु भन्दै दिल्ली पुगेका थिए ।

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैँ प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनभावना तिर भन्दा राजनीतिक दाऊपेच तिर केन्द्रित हुन थाले पछि सरकारको कार्यशैलीलाई लिएर नागरिकमा असन्तुष्टि बढ्दै गएको छ ।

यो स्थितिमा सत्ताबाट चिप्लिएका पुष्पकमल दाहाल दाहाल ‘प्रचण्ड’ सड़क र सदनमा सरकार विरुद्ध घेराबन्दीको रणनीतिमा लागेका छन् ।

विगत केही दिन यता साना राजनीतिक दलहरुसँग प्रचण्डको दैनिक सहकार्य र संवाद बढेको छ भने सरकारको कार्यशैली प्रति कांग्रेस नेता शेखर कोइरालाको बढ्दो असन्तुष्टिलाई प्रचण्ड भजाउन खोजिरहेछन् ।

जबकी शेखर कोइरालासँग वर्तमान समिकरण तल माथि पार्ने संख्या पुग्दैन । सरकारले हनिमुन डेज नमनाउँदै शेखर कोइरालाको बढ्दो असन्तुष्टिले अनेक शंका उपशंका खडा गरेको चर्चा साप्ताहिकमा खबर छ ।

कोइराला कै असन्तुष्टिका कारण उनी निकट सांसदहरुले उपसभामुखलाई हटाउने महाअभियोग प्रस्तावमा हस्ताक्षर नगरेको बताईन्छ ।

माओवादीसँग सहकार्य गरेर सरकारमा सहभागी भएकै दिनबाट सरकारको स्थिरता र राजनीति स्थायित्वका निम्ति कांग्रेस-एमालेको समिकरणमा सरकार बन्नु पर्छ भन्दै आएका शेखर कोइरालाको वर्तमान कांग्रेस समिकरणमा बनेको ओली नेतृत्वको सरकारलाई लिएर बढ्दो असन्तुष्टि आश्चर्यजनक रुपमा हेरिदैछ ।

सत्ताबाट बाहिरीएका पुष्पकमल दाहालमा देखिएको छटपटी, र उनले शुरु गरेको सरकार विरुद्ध संसद र सडक सम्मबाट घेराबन्दी गर्ने रणनीतिका बीच कांग्रेसमा खेशरको असन्तुष्टि कतै न कतै दाहाल र शेखर बीच समझदारी भएको हुनुपर्छ जानकारहरु बताउँछन् । पुष्पकमल दाहालको रणनीति जसरी पनि समिकरण भत्काउनु रहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार २१:३१   :  बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।