काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अहिले भुटान भ्रमणमा हुनुहुन्छ । हिजो बिहिबारदेखि शुरु भएको ज्ञानेन्द्रको भ्रमण आगामी आइतबारसम्म जारी रहने छ ।
नवरात्रको अवसर पारेर ज्ञानेन्द्र पहिलो पटक भुटान भ्रमणमा जानु भएको हो ।
भुटानका मठ मन्दिरको दर्शन गर्ने प्रचार बाहिर गरिएको भए पनि ज्ञानेन्द्रको यो भ्रमणको विशेष राजनीतिक महत्व रहेको बुझिएको छ । भन्नका लागि ज्ञानेन्द्रको भुटान भ्रमणलाई अपौचारिक र व्यक्तिगत भनिएको छ ।
तर, ज्ञानेन्द्रको बसाइ भुटानको राजप्रसादमै भएकाले भुटानको राजपरिवारले ज्ञानेन्द्रलाई औपचारिक भ्रमणकै व्यवहार गरेको बुझिएको छ ।
गद्दीमा नरहेकाले औपचारिक भ्रमण घोषणा गर्न अप्ठेरो हुने भएकाले अनौपचारिक भ्रमण भनिए पनि भुटानमा पुरै प्रोटोकल अनुसारको व्यवहार भएको उच्च स्रोतले जनाएको छ ।
हामीले गत चैतमै एउटा समाचार थियौं कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमणका क्रममा नेपाल सन्दर्भबारे विस्तृत छलफल भएको भनेर ।
भुटानी राजा जिग्मे केशर वाङचुकको विशेष निमन्त्रणमा भरतीय प्रधानमन्त्री मोदीले गत मार्च २१ र २२ तारिखमा भुटानको दुई दिने भ्रमण गर्नुभएको थियो ।
खाश खाश व्यक्तिहरुसहित भुटान भ्रमण जानु भएका मोदीलाई पनि त्यति बेला दरबारमै राखिएके थियो ।
भुटानी राजा जिग्मेले नेपालमा राजसंस्था पुर्नस्थापना नगर्ने हो भने भारतसहित यस क्षेत्रमै अस्थिरता बढ्ने र नेपालबाटै विदेशीहरुले भारत विरुद्ध चलखेल गर्नसक्ने विषयमा विस्तृत बयान गर्नु भएको थियो भन्ने हाम्रो सूत्रले बताएको कुरा हामीले समाचारमा दिएका थियौं ।
मोदीले आफूले पनि सो विषयलाई महसुश गरेको भन्दै चुनावबाट भाजपा सरकार बनेमा आफूले उचित कदम चाल्ने आश्वासन भुटानी नरेशलाई दिनुभएको थियो भन्ने समाचार सूत्रको दाबी थियो ।
तर, अहिले हाम्रो समाचारलाई पुष्टि गर्ने गरी भुटानमा नेपाल सन्दर्भबारे छलफल हुने वातावरण बनेको छ । समाचा सूत्रले नेपालमा कसरी राजसंस्था पुनस्थापना गर्ने भन्ने विषयमै छलफल भइरहेको र पूर्वराजा ज्ञानेन्द्र त्यसकै लागि भुटान जानु भएको दाबी गरेको छ ।
अन्यत्र यस्तो विषयमा छलफल गर्दा गोप्यता नरहने भएकाले भुटानको दरबारकै सक्रियतामा यो छलफल आयोजना गरिएको पनि सूत्रको दाबी छ ।
छलफलमा पूर्वराजाका साथै भारतीय प्रधानमन्त्री मोदीका विशेष दूत र अन्य केही पक्षहरु पनि जोडिएको हुनसक्ने बुझिएको छ ।
भारत मात्रै नभई पछिल्लो समय नेपालको उत्तरी छिमेकी चीनले समेत नेपालमा स्थायी शक्तिको महसुश गरेकाले यो पहल भएको हो भनिएको छ ।
पछिल्लो डेढ दर्शकमा नेपालका राजनीतिक दल र शक्तिशरुको क्षयीकरणले कसैमाथि पनि भरोसा गर्ने अवस्था नभएपछि नेपालको दुवै छिमेकी र अन्तर्राष्ट्रिय शक्तिहरु अब राजसंस्था पुनस्थापनाको छलफलमा जुट्न थालेका हुन भन्ने दाबी गरिएको छ ।
भुटानमा अहिले जे भइरहेको छ यसले नेपालको आगामी राजनीतिक कोर्समा ठूलो बदलाव ल्याउन सक्ने अनुमान पनि राजनीतिक तथा कूटनीतिक क्षेत्रमा गरिँदैछ नेपालीपत्रमा समाचार छ ।
भारतसहितका छिमेकीहरु र केही विश्व शक्तिहरुको सहमति कोर्ष सुरु भयो भने त्यसको परिणाम देखिन धेरै समय पर्खिनु नपर्ने पनि स्रोतको दाबी छ ।















प्रतिक्रिया