Logo

पत्रपत्रिका

आफ्ना जोडिंदा अनुसन्धान ब्रेक, फाइल खोल्दा जोडिएकालाई जोगाउन सरकार फेरिएको हो ?



काठमाडौं । प्रचण्ड सरकार ढाल्न प्रम ओली र डा. आरजु लाग्नुको कारण नक्कली भूटानी प्रकरण, टेरामक्स काण्ड, गिरीबन्ध काण्ड, सहकारी काण्ड, सुन काण्ड जस्ता सिआईवीको छानविनमा परेका फाईल हुन् । ती फाइल खोल्दा जोडिएकालाई जोगाउन सरकार फेरिएको हो भन्ने कुरा संसारले देख्यो ।

सरकारले जसरी सहकारीका पीडितको रकम खाने माथि छानविन गर्ने कुरा गर्यो त्यहाँ धनराज गुरुङ्ग कांग्रेस र ऋषि पोख्रेल एमाले आई हाले । आफ्ना जोगाउने अर्कालाई दण्ड गर्ने पक्षपात पूर्ण व्यवहार ओलीले गर्नु नौलो होइन । किनकी प्रम केपीलाई बा नाता लगाउनेहरुले अपराधबाट बच्न पाएका नयाँ उदाहरण खोज्नै पर्दैन । एमाले कै महिला कार्यकर्ता कति पीडित छन् ? प्रधानमन्त्रीको संरक्षण कस्तालाई छ छलङगै छ । त्यो सत्य लुकाएर लुक्दैन् ।

निर्वाचन आयोग, अख्तियारमा एकछत्र छ । ओलीका मान्छेका लागि ठाउँ पुग्यो भने मात्र अरुले मौका पाउने हुन भने जस्तो देखिन्छ।

प्रमले विश्वास गर्दा पार्टी कुन चरोको नाउँ हो भन्ने ख्याल नभएका अनुहारहरु अर्थ मन्त्री बनाईन्छन्। तिनले चुनाव घोषणा पत्रका आधारमा होइन मारवाडीहरुका स्वार्थमा बजेट ल्याए पाठ्य पुस्तकमा कर लगाए प्रम केपी ओली बोलेनन् ।

जनविरोधी अर्थ मन्त्रीका योजनाहरुको ख्याल गरेनन् । यो त देखिएका विषय भयो । प्रधानमन्त्रीले अधिकार सबै आफै खिचेर खडा गरेका विवाद कम चोटीला छैनन् । सरकार छ त्यसले जनता हेर्दैन । यो सरकारले माफीया दिपक भट्ट, रामेश्वर थापाहरुको काम गर्छ भन्ने कुरा छर्लङ्ग छ ।

स्वास्थ्य क्षेत्रका माफीया विशाल पण्डित ठूलो ठेक्का पट्टाका रामेश्वर थापा नियसक्ति एनसेलको कर, विद्युत महशूल जस्ता कुरामा दिपक भट्टहरु यहाँ प्रमसँग जोडिएका हुन्छन् । उनीहरुले आफ्नो हितमा निर्णय गराएका थुप्रै उदाहरणहरु छन् ।

आफु मुखले भ्रष्टाचार नगर्ने तर आर्थिक सम्वृद्धि र विकासका कुरामा चर्को बोल्दै गर्दा स्वतन्त्र र निष्पक्ष हुनुपर्ने निकायलाई उसैको कार्यक्षेत्रमा काम गर्न नदिने प्रवृत्ति प्रम केपी ओलीमा चम्केकै छ। मुलुकको राजश्वबाट सामाजिक सुरक्षा भत्ता दिइन्छ । प्रम ओली त्यो भत्ता आफैले सम्पत्ति जम्मा गरेर दिलाए जस्तो गर्दैछन् । आफ रजाई गर्दा सम्म दायाँबायाँ नहेर्ने जब संकट आउँछ काम गर्न दिएनन् भन्ने ओली प्रवृति हो ।

नेपालका कम्युनिष्टहरु शासन गर्न असफल छन् । यिनले हामी भन्ने छाडेर जब म मेरोमा गए विगारेकै त्यहीबाट हो चर्चा साप्ताहिकमा समाचार छ । कम्युनिष्ट नेतृत्व सरकारमा छ भनेर गर्व गर्ने ठाउँ भएन । बरु यी आए अब कहाँ विगार्छन् भन्ने शंका हुने भो । किनकी एमाले कांग्रेसले उपसभामुखलाई हटाउन जुन दुश्साहस गरे त्यो काम भोली राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल उपर नहोला भन्न सकिन्न ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार ०७:००   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।