Logo

धर्म / संस्कृति

यस वर्षको दशैंमा काठमाडौंको चहलपहल अन्यको तुलनामा बढी



काठमाडौँ । विगत वर्षको तुलनामा यस वर्ष राजधानीमा बढी चहलपहल देखिन्थ्यो । विगत वर्षहरुमा दशैंको बेला काठमाडौंका सडकहरु सुनसान प्रायः हुने गर्दथिए । तर, यस वर्ष भने काठमाडौंका सडकहरुमा चहलपहल खासै घटेको पाइएन ।

घटस्थापना नजिकिँदै गर्दा परेको देशका अधिकांश भागमा परेको भारी वर्षाका कारण आएको बाढी पहिरोले राजधानीबाट बाहिरिने धेरै सडकहरु बिग्रिएका कारण पनि राजधानी छोड्ने यात्रु यस घटेकाले अन्य वर्षको तुलनामा यसपटपक राजधानीमा चहलपहल देखिएको हो । राजधानी बाहिर जाने कम भएपछि सडकमा बढी चहलपहल बढी देखिन्थ्यो ।

राजधानीमा चहलपहल बढेपछि सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ । राजधानीका धेरै स्थानमा टीका लगाउन हिँड्नेले पनि यस वर्ष विगतमा भन्दा सहजै सार्वजनिक यातायात भेटिएको बताइरहेका थिए ।

बाढी पहिरोले बिग्रिएको सडक बनिसकेपनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रुमात्र राजधानी बाहिर गएका हुन् । तयसैले गर्दा पनि यस वर्षको विजयाशमीमा राजधानीमा बढी चहलपहल देखिएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आईतवार १०:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।