Logo

अर्थ

एकैदिन एक हजार ४ सयले बढ्याे सुनकाे मूल्य



काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । दशैं पूर्व गत असोज २३ गते छापावाल सुन एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार कारोबार भएको थियो

त्यस्तै, यस दिन चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ९२५ रुपैयाँमा कारोबार भईरहेको छ । गत असोज २३ गते बुधबार चाँदीको मूल्य तोलामा हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलवार १२:१२   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।