Logo

अर्थ

समता घरेलु लघुवित्तलाई एफपीओ जारी गर्न बोर्डबाट अनुमति



काठमाडौं । समता घरेलु लघुवित्तले थप सार्वजनिक निष्कासन (एफपीओ) अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १ सयकै दरमा एफपीओ जारी गर्नेछ । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ ।

एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हाल यस कम्पनीको कुल ५६ लाख ४० हजार ६३ कित्ता सेयर बजारमा सूचीकृत छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १२:०४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।