Logo

अर्थ

सेयर बजार २७४५ अंकमा, ७ अर्ब १९ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेको छ । नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ ।

यसदिन ७ अर्ब १९ करोडको काराेबार भएकाे छ । ८९ कम्पनीको मूल्य बढ्दा १४२ को घटेकाे छ भने १३ को स्थिर रहेकाे छ ।

आज  सेयर बजार उप समूहका १३ वटा समूहमध्ये ७ वटा बढेका छन् ६ वटा घटेका छन् ।

आज गुडविल फाइनान्सका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । यस कम्पनीको सेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ ।

सर्वाधिक कारोबार भने कुमारी बैंकको भएको छ । बैंकको ३३ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

 

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १५:२६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।