Logo

कर्पोरेट फोकस

मध्य भोटेकोशीको ‘लक इन’ अवधि आजबाट सकिँदै



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ५ करोड १३ लाख ६० हजार कित्ता शेयरको ‘लक इन’ अवधि आज कात्तिक ११ गतेबाट सकिँदैछ ।

कम्पनीका संस्थापक शेयरधनीतर्फको ३ करोड ६ लाख कित्ता, सञ्चयकर्ता कर्मचारीतर्फको १ करोड १७ लाख कित्ता, संस्थापक शेयरधनीतर्फको २१ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीतर्फको ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ६० लाख कित्ता र कम्पनीका कर्मचारीतर्फको ३ लाख ६० हजार कित्ता शेयर ३ वर्षका लागि ‘लक इन’ मा थियो ।

कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरू तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले भने शेयर खरीद बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आईतवार ०८:४४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।