Logo

अर्थ

काठमाडौंमा प्लाष्टिकका फूल बेच्न प्रतिबन्ध, स्वदेशी फूल किन्न ४६ स्थान तोकियो



काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका फूल बेच्न प्रतिबन्ध गरेको छ । स्वदेशी फूल उत्पादन प्रोत्साहन गर्न प्लास्टिकका फूल बेच्न रोक लगाएको मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् ।

मेयर शाहले महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको बताए ।

यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउन मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको उनले बताए । ‘स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नुहुनेछ’, मेयर शाहले भनेका छन् ।

व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउनसमेत मेयर शाहले अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछौँ ।’

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलवार ११:०६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।