Logo

सुरक्षा / अपराध

खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा एकजना पक्राउ



बकैया गाउँपालिका४ नयाँदमार बस्ने २० वर्षीय विकास वाईवाको कात्तिक २१ गते दिउँसो हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय शंकर भन्ने भीमराज भोलनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
सोही ठाउँ सिमाद खोलाको बगरस्थित फुटबल चौरमा बसेर चुरोट खाइरहेका विकाससँग विवाद हुँदा भिमराजले साथमा बोकेको खुकुरी प्रहार गरी विकासको हत्या गरेका थिए । घटना पश्चात् फरार भीमराजलाई व्यापक रुपमा खोजी गर्ने क्रममा ललितपुर बागमती गाउँपालिका–२ माल्टाका स्थानीयले शंका लागी नियन्त्रणमा लिई खबर गरे पश्चात  जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय ठिंगन र प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
भिमराज उपर कर्तव्य ज्यान सम्बन्धी कसूरमा अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय  मकवानपुरले  जनाएको छ । 

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार