काठमाडौं । केपी शर्मा ओलीको यो चौथो कार्यकाल हो । अहिलेको कार्यकाल सबैभन्दा खराब कार्यकाल चलिरहेको छ ।
उनले कुनै पनि काम अहिलेसम्म सरकारले साउनदेखि अहिलेसम्म राम्रो गर्यो भनेर कुनै पनि स्मरणीय बनाउन सकेको छैन । सरकारले सय दिन पनि मनायो र त्यसपछि अझ थुप्रै दिन पनि बितायो । तर, किन त ओली सरकारले राम्रो काम गर्न सकेन । अझ यो सरकार त झन् सबैभन्दा बलियो । माओवादी र एमाले मिलेर २०७४ सालमा बनाएको सरकार भन्दा पनि अहिलेको सरकार झन् बलियो हो ।
किनकि दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनेको छ । तर, सरकारले पटक्कै केही पनि काम गर्न सकेन । यो कार्यकाल ओलीको सबैभन्दा कमजोर कार्यकाल हो ।
त्यसैले त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकारले सिन्कोसमेत भाँच्न नसकेको आरोप लगाएका छन् । उनले माओवादी केन्द्र नेतृत्वको सरकारले गरेका काम समेटेर ओलीले सय दिनको वक्तव्य दिएको आरोपसमेत लगाए ।
मकवानपुरमा शनिबार आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकार काम गर्न असफल भएको भन्दै आलोचना गरेका हुन् । पुराना संसदीय दलहरु कांग्रेस र एमालेले जालझेल गरेको तर काम भने नगरेको उनको आरोप छ ।
उनले भनेका छन् उनीहरुले नगरेका काम पनि अहिले तपाईहरुले सय दिनको उपलब्धिमा प्रधानमन्त्री केपी शर्मा ओलीले पढेको वक्तव्य सुन्नुभएको होला, मैले गरेका जति काम आफूले गरेको बनाए छन् । उनले तयहाँ आएपछि सिन्को भाँचेका छैनन् । प्रचण्डले आफ्नो नेतृत्वमा सरकार हुँदा धेरैका सेटिङ भत्काएकाले ती बिचौलिया, पूँजीपतिले एमाले र कांग्रेसको सरकार रातारात गठन गरेको जिकिर गरे ।
मलाई शेरबहादुर देउवाजी र केपी शर्मा ओलीजीले बुद्धि निकालेर सरकार बनाएको भन्ने लाग्दैन । वर्तमान सरकार राजनीतिक रुपमा भन्दा पनि अरू नै कारणले गठन भएको हो’, उनले भने ।
विपक्षी दलले मात्र होइन सत्ताधारी दलका नेताले पनि ओलीले कामै गर्न नसकेको आरोप लगाएका छन् । कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेको गठबन्धन सरकारले देशमा उत्साह ल्याउन नसकेको बताएका हुन् ।
शनिबार गाईघाटमा कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको सालिक अनावरण गर्दै कोइरालाले सरकारप्रति असन्तुष्टि जनाएका हुन् । कांग्रेससँगको गठबन्धनबाट बनेको दुई तिहाईको सरकारले देशमा सुशासन र न्यायको पक्षमा काम गर्न नसकेकोमा उनको असन्तुष्टि थियो ।
अहिले देशमा जताततै भ्रष्टाचार र बेथिति मौलाएको बताउँदै नेता कोइरालाले देश अत्यन्त गम्भीर अवस्थामा पुगेको जिकिर गरे । देशका सबैभन्दा ठूला दल मिलेर बनेको दुई तिहाई बहुमतको सरकारलाई राम्रो बाहेक नराम्रो कुनै काम गर्ने छुट नभएको पनि उनले सुनाए ।
सरकारको सय दिनले जनतामा कुनै उत्साह जगाउन नसकेको बताउँदै नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीले ‘भ्रष्टाचार आफू नगर्ने र गर्न पनि नदिने’ भन्ने अभिव्यक्ति झूटो साबित भएको बताए ।
उनले सत्ता गठबन्धन गर्दा गरेको ७ बुँदे साझा कार्यक्रम कार्यान्वयन भए/नभएको भन्नेबारे लेखाजोखा गर्ने बेला आएको पनि उल्लेख गरे । सरकारले अघि सारेको संविधान संशोधनको प्रसङ्ग उठाउँदै कोइरालाले त्यसका लागि सबै राजनीतिक दलसँग छलफल र सहकार्य गर्नुपर्ने ‘आवश्यकता औंल्याएका जनभावना साप्ताहिकमा उल्लेख छ ।
आखिर यो सरकार देशको विकास गर्नलाई बनेको त पक्कै हैन । आफले आफूलाई कसरी बचाउने भन्ने बाहेक यो सरकारसँग अरू कुनै एजेन्डा नै देखिँदैन । नभन्दै यो निकम्मा बन्दै गएको सरकारका प्रमुखले चीन गएर कस्तो किसिमको सहमति गरेर फर्कने हुन् त्यो चासोको विषय बनेको छ ।





















प्रतिक्रिया