काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ । बिहीबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि गत बिहीबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम ८ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा धेरै तापक्रम विराटनगरको २८.६ डिग्री सेल्सियस र सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४.६ डिग्री सेल्सियस मापन गरिएको छ ।




















प्रतिक्रिया