निर्मल लामिछाने।
इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली लेग स्पीनर खेलाडी सन्दिप लामिछानेको यो सिजन बेञ्चमै बितिरहेको छ । बिगतका बर्षहरुमा केहि खेलमा चान्स पाएका उनि यस बर्ष हालसम्म उनको टीम दिल्ली क्यापिटल्सले १५ खेल खेल्दा सन्दीपले भने कुनै खेलमामौका पाएनन् ।
यसअघि भएको पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएपछि आइतबार बेलुका ७:४५ मा दिल्लीले सनराइजर्स हैदराबादसँग दोस्रो क्वालिफायर खेल्दैछ । यो खेलबाट बिजेता टोली फाइनल पुग्नेछ र हार्ने टोलीको यात्रा सकिनेछ ।
दिल्ली क्यापिटल्सका सदस्य तथा खेलाडी समेत रहेका लामिछानेले केही सांकेतिक ट्वीट गरिरहेका छन् । शनिबार राति उनले अन्तिम विश्वास भन्दै ट्वीट गरेक थिए र ट्विट्टरमा आएका अनेकथरि कमेन्टलाई सम्बोधन गर्दै आइतबार बिहान उनले फेरि नेपाली गीत ‘फूलको आँखामा फूलै संसार’का दुई लाइन पोस्ट गरेका थिए, त्यस्तै आइतबार दिउसो फेरि उनले ट्वीट गरे, जहाँ उनले We can’t think too much on things that we can’t control. – “Great Life Learning lesson ” अर्थात् जहाँ उनले जीवनको ठूलो सिकाइ भन्दै लेखेका छन्, ‘आफ्नो नियन्त्रणमा नहुने कुरामा हामीले धेरै सोच्न सक्दैनौं भनेका छन् ।

आइतबार हुने हैदरवाद बिरुद्दको खेलमा पनि सन्दिप प्लेइङ- ११ मा पर्ने सम्भावनानिकै कम रहेको छ । दिल्लीलाई बलिङ ले भन्दा ब्याटिंग ले साथ दिएको छैन तसर्थ खेलमा ब्याटस्म्यान परिबर्तन हुने देखिएको छ । दिल्लीले ओपनर पृथ्वी शाहको ठाउँमा हर्षल पटेललाई खेलाउन सक्ने सङ्केत देखाएको छ ।
आइपिएल अन्तर्गतका खेलहरु बढ्दै गरेको कोरोना महामारीले भारतमा गर्न नसकिने स्थिति सिर्जना भएपछि यूएईका विभिन्न शहरहरुमा गरिएको थियो, भने अब जम्मा २ खेल बाँकी रहेका छन् । आउँदो मङ्गलबार आजको खेलमा हुने बिजेता र मुम्बई इण्डियनबीच फाइनल खेल हुँदै छ । 




















प्रतिक्रिया