Logo

सुरक्षा / अपराध

मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ 



२३ वर्षीया महिलालाई बेचबिखन गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने काठमाडौं  महानगरपालिका-७ घर भएका ५५ वर्षीय गौतम लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

ती महिलालाई विदेशमा आकर्षक रोजगारी दिलाई दिने वहानामा १० वर्षसम्म यौन शोषण गरी विभिन्न प्रलोभनमा पारी भारतको दिल्ली हुँदै लेबनानसम्म पुर्यादई बेचबिखन गरी फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ । 

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार