Logo

अर्थ

आज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द रहने



काठमाडाैं । सरकारले आज मंसिर ३० गते आइतबार सार्वजनिक विदा दिएको छ । आज उघौली पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । यसदिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब सेयर बजार सोमबार बिहान ११ बजेमात्र खुल्नेछ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आईतवार १०:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।