Logo

अर्थ

तोलामै २२०० रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८४० रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आईतवार ११:१५   :  बजे

273
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।