Logo

अर्थ

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस



काठमाडाैं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्यास सेल्स अफर संचालनमा ल्याएको छ । यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टकटाइम बोनस प्रदान गर्दछ ।

शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई बिना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्दछ ।

मंसिर २२ बाट संचालनमा आएको यो अफर पुष १३ सम्म लागू रहनेछ र यो अवधिको हरेक शनिबार ग्राहकहरुले सधैं अनका निश्चित प्याकहरु र अनलिमिटेड डेटा प्याकहरूको खरिदमा बोनस डेटा वा भ्वाइस टकटाइमको फाइदा लिन सक्छन् ।

प्याकको आधारमा, ग्राहकहरूले १ जीबीदेखि १० जीबी डेटा वा १० देखि १०० मिनेटसम्मको अननेट टकटाइम बोनसको रूपमा प्राप्त गर्दछन् । यो अफरको फाइदा लिनको लागि, ग्राहकहरूले आफ्नो डिभाइसमा एनसेल एप रहेको हुनुपर्दछ । यदि एप नभएको खण्डमा डाउनलोड गरि ग्राहकलेआफ्नो एनसेल नम्बर प्रयोग गरेर लगइन वा साइनअप गर्नुपर्दछ ।

प्रत्येक शनिबार, ग्राहकहरूले एनसेल एपको फ्ल्याशसेल्स सेक्सनमा गई सधैंअन वा अनलिमिटेड डेटाप्याकहरू खरिद गर्नसक्छ । खरिदपश्चात तत्काल बोनस डेटा वा टकटाइम प्राप्त गर्न सक्छन् ।

यो अफर सधैंअनका रु ३९९ देखि रु ९९९ सम्मका प्याकहरु र रु ५०, रु १२५ र रु ९९९ का अनलिमिटेड डेटाप्याकहरुमा उपलब्ध छन् । प्याक सुचारु भएसँगै ग्राहकले बोनस डेटा र टकटाइम प्राप्त गर्दछन् ।

उदाहरणका लागि रु ३९९ को सधैंअन खरिद गर्ने ग्राहकले प्याकमा पाइने ८ जीबी डेटा, ३९९ मिनेट टकटाइम र ३९ वटा एसएमएस सेवाबाहेक थप १ जीबी डेटा बोनसस्वरुप प्राप्त गर्दछन् । यसैगरी, अनलिमिटेड डेटाप्याक खरिद गर्ने ग्राहकले पनि बोनस टकटाइम प्राप्त गर्दछन् ।

जस्तै ३ दिनको समयसीमा रहेको रु १२५ पर्ने अनलिमिटेड डेटाप्याकको खरिदमा ग्राहकले २० मिनेट अननेट टकटाइम बोनस प्राप्त गर्दछन् ।

यो अफरले बिनाकुनै अतिरिक्त शुल्क थप सेवा बोनसका रुपमा प्रदान गर्ने र ग्राहकलाई डिजिटल बन्न सहयोग गर्ने भएकोले यसले विशेष महत्व राख्ने एनसेलले जनाएको छ । सधैंअन प्याक खरिद गर्ने ग्राहकले एनसेल एपको माध्यमबाट आफ्नो बाँकी डेटालाई भ्वाइसमा वा बाँकी भ्वाइसलाई डेटासँग साट्न सक्ने विशेष सुविधा पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आईतवार ११:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।