Logo

अर्थ

मनकामना केबुलकार सेवा दुई दिन बन्द हुने



चितवन । मनकामना केबुलकारको सेवा दुई दिन बन्द हुने भएको छ । टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको हो ।

आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने मनकामना दर्शन प्रा.लि.ले बताएको छ । सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आईतवार १४:०९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।