Logo

अर्थ

महालक्ष्मी विकास बैंककाे लाभांश घोषणा



काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको आज (पुस १ गते) बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर तथा ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रकाशित मिति : १ पुष २०८१, सोमबार ११:३५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।