Logo

अर्थ

नेपाल एसबिआई बैंकका ग्राहकले र्याडिसन होटलमा १५ प्रतिशत छुट



काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकले काठमाण्डौमा अवस्थित र्याडिसन होटलमा विशेष छुट पाउने भएका छन् । बैंक र होटलबीच खाद्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

एनएसबीएलको डेबिट कार्ड र मोबाइल बैंकिङ सेवाहरू मार्फत ग्राहकहरूले यो छुटको लाभ लिन सक्नेछन्।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिपक कुमार देको उपस्थितिमा एनएसबीएलका प्रमुख कार्यकारी अधिकृत विकास आनन्द र रेडिसन होटल काठमाण्डौका फुड एण्ड बेभरेजका निर्देशक केदार पाण्डेबीच सम्झौता आदानप्रदान भएको हो । उक्त अवसरमा रितेश अर्याल, प्रमुख व्यवसाय विकास अधिकृत र बैंकका अन्य वरिष्ठ अधिकारीहरू र कार्यक्रममा होटलको पनि उपस्थिति रहेको थियो ।

बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ, १२१ एटीएम र एक कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेकहो छ ।

प्रकाशित मिति : २ पुष २०८१, मंगलवार १४:०७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।