Logo

अर्थ

डेल्टा अटो कर्पकाे हट डिल्स योजना सार्वजनिक



काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कूटरका आधिकारिक विक्रेता डेल्टा अटो कर्पले हट डिल्स नामक आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत, भेस्पा र अप्रिलिया स्कूटर खरिद गर्ने ग्राहकले तुरुन्तै ७,५०० छुट पाउनेछन् । साथै ग्राहकले स्कूटरसँगै हुडी, स्कूटर कभर, हेलमेट र किरिंग समेत उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।

डेल्टा अटो कर्पले ग्राहकहरूको सहज रूपमा स्कूटर खरिद गर्नका लागि तुरुन्त फाइनान्स उपलब्ध गराउने व्यवस्था गरेको छ । साथै, पुरानो स्कूटरसँग नयाँको एक्सचेन्ज सुविधा पनि प्रदान गरेको छ ।

डेल्टा अटो कर्पकाअनुसार यो योजना सीमित समयका लागि मात्र उपलब्ध हुनेछ र ग्राहकहरूलाई यस अवसरलाई नगुमाउन आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : २ पुष २०८१, मंगलवार १४:५६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।