Logo

पत्रपत्रिका

देउवा आश्वस्त-ओली विश्वस्त : सरकार ढल्ने चर्चा बढ्यो



पाँच महिना भयो ओली सरकार । पाँच महिनामै दुई ठूला दल र अध्यक्षको सहमति टुट्ला र विश्वासघात भएर सरकार नै गिर्ने अवस्थामा पुग्ला र ? त्यसै पनि १७ महिनापछि ओलीले देउवालाई सत्ता हस्तान्तरण गर्छु भनिसकेका छन् । फेरि अस्थिरता किन ? कसका लागि सरकार ढाल्ने ?

‘रअ’का पूर्व एजेण्टले नवभारत टाइम्समा ओली सत्ता महिना दिनभित्रै ढल्ने घोषणा गरिदिएपछि राजनीतिक र कूटनीतिक बृत्तमा यही चर्चा छ । सरकार कसरी ढल्छ ?

धेरैको जिज्ञासा छ । किनकि सत्तासझोदार कांग्रेस सभापति शेरबहादुर देउवा ओलीप्रति आश्वस्त छन्, प्रम ओली देउवाप्रति विश्वस्त छन् ।

यो विश्वास चीन भ्रमणमा झन बलियो भएको अनुमान गरिएको हो । ओलीले अब भारत भ्रमणको होमवर्क थालिसकेका छन् । कसरी ढल्छ सरकार ?

अमेरिकी उपमन्त्री नेपाल आएर भनेका थिए– एमसीसी कार्यान्वयन भएको छ, बीआरआई कार्यान्वयन भएर के फरक पर्छ । नेपालको आवश्यकताअनुसार विकास निर्माण हुनुपर्छ ।

तर विश्लेषक भन्छन्– पहिले भारत भ्रमण नगरेर ओलीले गल्ती गरे । चीन जानु भनेको नेपाल चीनतिर ढल्केको अर्थ लगाए । नेपालले चाइना कार्ड खेलेको भन्ने आरोप लगाइरहेका छन् ।

यथार्थमा नेपालले चाइना कार्ड खेलेको होइन । नेपालमा विश्वशक्ति पसेका छन् ।

अमेरिका, भारत, इयु, अष्ट्रेलिया, बेलायत सबैले आआफ्ना एजेण्डा प्रयोग गरिरहेका छन् भने चीनले आफ्नो प्रभाव बढाउनु स्वभाविक हो ।

भारत र चीनको छिमेकी हो । छिमेकीले नेपाली पार्टीहरूमा समेत प्रभाव बढाएका छन् । यो विषयलाई उछाल्नुको कुनै तुक छैन ।

१६० देशमा कनेक्टिभिटीको योजना लागू भइसक्दा २०१७ मा सम्झौता भइसकेको बीआरआईमा नेपालले १० योजना कार्यान्वयन गर्न सम्झौता गर्नु स्वभाविक थियो ।

यसमा कांग्रेस सभापति र तत्कालीन सहीकर्ता प्रकाश शरण महतले सुरु गरेको सहमतिको निरन्तरता भनिसकेका छन् । कांग्रेस खुश छ ।

भारत रिसाउनुको कारण नेपाली नोटमा लिपुलेकसहितको चुच्चेनक्सा चीनमै छाप्न लागेको विषय पनि हो ।

भारत ती क्षेत्र भारतको भन्छ, नेपाली क्षेत्रलाई नेपालको हो भन्ने हैसियत नेपालले राखेको छैन ।

भारत नेताहरूलाई तर्साएर र मुठ्ठीको माखो बनाएर अस्थिरतामा राख्न चाहन्छ, चीनले नेपाललाई ल्याण्डलिङ्कमा राख्न सघाएको खबर गोरखा एक्सप्रेसमा छ ।

बीआरआई ऋण होइन, एड हो भनेर चीनले विश्वलाई चकित पारिदिएको छ । एड भन्नाले ऋण, सहायता, प्राविधि सहयोगलाई पनि जनाउँछ ।

हो १७ खर्ब बजेट भएको नेपालको ऋणभारत २६ खर्ब पुगिसक्यो, ऋण थप्न सक्दैन । तर आवश्यकताअनुसार ऋण लिने बाटो खुल्लै छ ।

मुख्य सवाल नेपालले कस्तो ऋण लिने नलिने सहमतिमा गर्न सक्नुपर्छ ।

चीनले डडेलधुरा र झापामा पार्क बनाइदिने भनेर जुन चाल चलेको छ, त्यो साह्रै चलाखीपूर्ण अर्थपूर्ण पनि छ ।

सरकार आजै, भोलि नै, महिना दिनभित्र ढल्छ भन्ने आधार कांग्रेस र एमालेभित्रबाट चुहिएको छैन, अविश्वसनीय राजनीति छ, जुनसुकै बेला भूकम्प जानसक्छ ।

प्रकाशित मिति : ३ पुष २०८१, बुधबार ०७:३२   :  बजे

864
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।