काठमाडौं । पूर्व माओवादीका नेता एवं पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादीका नेता डा. बाबुराम भट्टराईले २०४६ सालपछिका सबै नेता र कर्मचारीहरूले सम्पत्ति छानविन गर्नुपर्ने कुरा उठाउँदै आएका छन् ।
त्यसका लागि आफू तयार रहेको बताइसकेका छन् । उनले भने जस्तै सरकारी ओहदामा बस्ने सबैको सम्पत्ति छानविन हुनुपर्ने मात्र हामीले धेरै पहिला देखि नै उठाउँदै आएका हौं ।
राजनीतिक दलका नेता र सरकारी उच्च पदमा बस्ने व्यक्तिहरूले नै अकूत सम्पत्ति कमाएको सबैलाई थाहाँ भएकै विषय भएपनि आजसम्म कसैले आफ्नो सम्पत्ति छानविन गर्न आग्रह गरेका थिएनन् तर भट्टराईले छानविनको लागि आफू तयार रहेको बताएका हुनाले अन्य नेताहरूलाई समेत दवाव परेको छ ।
भ्रष्टाचारमुक्त देश बनाउँछु भन्ने बारम्बार भाषण गर्ने नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सबै भन्दा अगाडि रहेका छन् ।
तीन पटक मुलुकको प्रधानमन्त्री भईसकेका व्यक्तिले साँच्चिकै भ्रष्टाचारमुक्त देश बनाउने हो भने पहिला उनैले आफ्नो सम्पत्तिको छानविन गराउनुपर्दछ ।
२०६४ सालको संसदीय चुनावमा दाहालले आफूसँग चितवनमा १ कठ्ठा जग्गा र आधा तोला सुन रहेको सम्पत्ति विवरण देखाएका थिए । अहिले उनको सम्पत्ति कति छ ?
तिनै दाहालले आफू प्रधानमन्त्री भएका बेला आफनो सम्पत्ति विवरण सार्वजनिक नगरेर मुलुकको कानुन उल्लंघन गरेका थिए ।
चितवनमा १ कठ्ठा जग्गा र आधार तोला सुन सम्पत्ति रहेका व्यक्तिले आफ्ना नातिनीहरूको विवाहमा करोडौँ करोड रुपैँया कहाँबाट ल्याएर खर्च गरे ?
अहिलेको प्रश्न भनेको यहि हो । दाहाल यतिबेला नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीप्रति आक्रमण भाषण गर्न थालेका छन् ।
दाहालकै पालामा ललिता निवास जग्गा काण्डमा माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा नचलाउने निर्णय गर्ने व्यक्ति हुन् ।
ओली सरकारले दाहालले गरेको माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा नचलाउने निर्णय सरकारले उल्टाई दिन्छ कि भन्ने डरले गर्दा ओलीमाथि आक्रमण भएको प्रष्ट हुँदै गएको छ ।
आफू प्रधानमन्त्री रहेका बेला गृहमन्त्री रहेका रवि लामिछाने अहिले सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका र उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा दर्ता भएपछि दाहाल रविको बचाउमा लागेका छन् ।
रविको बचाउनमा लाग्नुको कारण सत्ता मोह र २०८४ को निर्वाचनमा रविको समर्थनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बनाउने रणनीतिक उदेश्य दाहालको रहेको छ ।
अहिले पनि दाहाल नेपाली कांग्रेसप्रति नरम रहेका र नेकपा एमाले र केपी ओलीप्रति आक्रमण हुनुको एउटै कारण हो नेपाली कांग्रेसले आफूलाई सहयोग गरिदिन्छ कि भन्ने भने मनोगत धारणाले गर्दा ?
नुवाकोटको शेरा जग्गा काण्डका दाहालको नाम आएपछि उनी अहिले उक्त जग्गा सरकारमा नाममा आउनुपर्दछ भन्ने थालेका छन् ।
उक्त जग्गा उनका स्वकीय सचिवले आफ्नो नाममा पारेका प्रमाणहरू छरपष्ट भएपछि त्यसबाट जोगिन उक्त जग्गा सरकारका नाममा आउनु पर्दछ भन्न उनी बाध्य भएका छन् ।
भ्रष्टाचार मुक्त देश बनाउछु भनेर जनतालाई ढाँटिरहेका दाहालको बोली एकाएक फेरिनुको पछाडि कतै भ्रष्टाचारमा फसिन्छ कि भन्ने डरले गर्दा नै हो ।
१ कठ्ठा जग्गा र आधा तोला सुन सम्पत्ति रहेका दाहालको लवाई, खवाई र बसाईं अबौँपतिको भन्दा कम नभएकाले गर्दा उनको सम्पत्ति तत्काल छानविन गर्न, गराउन के दाहाल तयार होला त ?
ओलीलाई तर्साउन गिरीबन्धु टी–स्टेटको फाइल खोल्ने धम्की
तीन पटक प्रधानमन्त्री बन्न सफल भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यतिबेला आफ्नो पार्टीलाई संसदको पहिलो पार्टी जनताले बनाईदिएन ।
त्यसबेला आफ्नो पार्टीले गिरीबन्धी टी स्टेट जग्गा काण्ड, ओमनी काण्ड लगायतका सबै फाइल खोल्ने उद्घोष गरिहेका छन् ।
तर, दाहालले ललिता निवास जग्गा काण्ड र भारतीय योग गुरुले सञ्चालन गरेको रामदेव पतञ्जलीले काभ्रेमा हदबन्दी भन्दा बढीको जग्गा खरिद काण्डमा बोल्न मुख बन्द गरेका छन् ।
पतञ्जलीले काभ्रेमा विभिन्न व्यवसाय गर्न भनेर माधव नेपाल प्रधानमन्त्री रहेका बेला ९ सय १५ रोपनी भन्दा बढी जग्गा पतञ्जलीको नाममा खरिद गर्न मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गराएका थिए ।
२०६६ माधव पतञ्जलीले काभ्रेको साँगा र बनेपामा हदबन्दी भन्दा बढीको जग्गा खरिद गरेकोमा सो जग्गा उपर्युक्त नभएको भन्दै २०६६ चैत्रमा सो जग्गा बिक्री गर्न माग गरेकोमा नेपाल नेतृत्वको सरकारले बिक्री गर्न अनुमति दिएको थियो ।
यसरी हदबन्दी भन्दा बढीको जग्गा विक्रि गर्न नपाउने कानून हुँदा हुँदै जग्गा खरिद र बिक्री गर्न दिइनु नीतिगत भ्रष्टाचार नै हो ।
पछिल्लो समयमा माधव नेपाल र पुष्पकमल दाहाल एकै ठाउँमा उभिँदै आएका र भविष्यमा माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टी माओवादी केन्द्रमा समाहित हुन सक्ने भन्दै दाहाल नेपाललाई चिढ्याउन चाहिरहेका छैनन् त्यसैले सो जग्गा काण्डमा दाहालले मुख बन्द भएको खबर अभियान साप्ताहिकमा छ ।
ललिता निवास जग्गा प्रकरणमा माधव नेपालकै नेतृत्वमा सरकारले सरकारी जग्गामा मोहीलाई जग्गा दिने निर्णय गरेको र बाबुराम भट्टराई नेतृत्वको सरकारले सोही जग्गामा नक्कली गुठी खडा गरेको थियो ।
दाहाल प्रधानमन्त्री रहेका बेला नेपाल र भट्टराईमाथि मुद्दा नचलाउने निर्णय प्रधानमन्त्री दाहालले नै गरेर निर्णयको कार्यान्वयन गर्नेहरूमाथि मुद्दा चलाइएको थियो ।
केपी ओली नेतृत्वको सरकारले झापाको गिरीबन्धू टि स्टेटको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय गरेको भएपनि सो कार्यान्वयन भएन तर माधव नेपालले त हदबन्दी भन्दा बढीको जग्गा विक्रि गर्ने निर्णय नै गरेर जग्गा विक्रि गरेको प्रष्ट हुँदाहुँदै उक्त जग्गा प्रकरणमा दलहरूको मुख बन्द छैन र गिरीबन्धू टी स्टेटको फाइल खोल्छौँ भन्नु एमाले र ओलीलाई तर्साउने खेल बाहेक अन्य केही हुन सक्दैन ।
यदि दाहालले फाइल खोल्ने नै हो भने पहिला पतञ्जलीको फाइल खोल्नु पर्दछ । के यसका लागि दाहाल तयार होलान् त ?















प्रतिक्रिया