Logo

प्रमुख समाचार

सात जिल्लाका सिडिओ सहित १२ जनाको सरुवा, काे कहाँ ?



काठमाडौं । गृह मन्त्रालयले काठमाडौंलगायत सात जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) सहित १२ जना सहसचिव तथा उपसचिवहरूको सरुवा गरेको छ ।

काठमाडौंका सीडीओ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने सुनसरीका प्रजिअ रामचन्द्र तिवारी गृह मन्त्रालयमा आएका छन् । यस्तै गृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमाललाई मिश्रको ठाउँमा कैलालीको प्रजिअ बनाई पठाइएको छ ।

प्रकाशित मिति : २२ पुष २०८१, सोमबार २०:५३   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।