Logo

धर्म / संस्कृति

माघी पर्वले संस्कृति जोगाउँदै चेतनामुलक समाज निर्माण गर्न प्रेरणा मिलोस : विद्वान गुरुङ



काठमाडौं । माघे संक्रान्ति र माघी पर्वको अवसरमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् । अध्यक्ष गुरुङले आफ्नो सामाजिक सञ्जालमार्फत माघी पर्वको महत्व र यसका सांस्कृतिक पक्षलाई उल्लेख गर्दै शुभकामना दिएका हुन् ।

उनले भने “माघी पर्व थारु समुदायका लागि नयाँ वर्षको शुरुआतको प्रतीक हो भने, तराईका बासिन्दाका लागि नुहाउने पर्वको रूपमा मनाइन्छ ।”

यस पर्वमा खासगरी घिउ, चाकु, तरुल, लड्डु जस्ता विभिन्न प्रकारका परिकारहरूको सेवन गर्ने परम्परा छ । अध्यक्ष गुरुङले यस पर्वलाई संस्कृति र परम्परालाई सँगै जोगाउँदै चेतनामुलक समाज निर्माणमा प्रेरणा दिने अवसरको रूपमा लिएको बताए । “यस्तो प्रकारका पर्वहरूले हाम्रो सांस्कृतिक धरोहरलाई संरक्षण गर्दै, समाजमा सामाजिक र सांस्कृतिक चेतनालाई फैलाउने कार्यमा सहयोग पुर्याउँछन्,” उनले थने ।

 

प्रकाशित मिति : १ माघ २०८१, मंगलवार ११:५१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।