Logo

प्रमुख समाचार

काठमाडौंको काडाँघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ



काठमाडौं । काठमाडौंको काँडाघारीबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा राखिएको ४ क्विन्टल भन्दा बढी रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । बरामद रक्तचन्दनलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ ।

पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : माघ २, २०८१ बुधबार  ११ : ५३ बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।