Logo

प्रमुख समाचार

लन्डन-काठमाडौँ सिधा हवाई उडानका लागि पहल गरिदिन आग्रह



लन्डन । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समिति अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन् ।

लन्डनस्थित नेपाली राजदूतावासमा भएको भेटघाटमा कोइरालाले बेकरसँग भूपू गोर्खा सैनिकहरुको सेवा सुविधासम्बन्धी समस्या समाधान र ब्रिटिस एअरवेजको लन्डन- काठमाडौँ सिधा हवाई उडानका लागि पहल गरिदिन आग्रह गरेका थिए । साथै, उनले जलवायु परिवर्तनका कारण नेपालमा उत्पन्न संकटसँग जुध्न पनि बेलायती सहयोगमा जोड दिए ।

‘नेपालका हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन् । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति बेहोरिरहेको छ । त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ,’ कोइरालाले बेकरसँग कुरा राखेका थिए, ‘यसमा बेलायतले सहयोग गरिदिनुपर्‍यो ।’

बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेकी छन् । भेटघाटमा बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडी पनि थिए ।

प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार  ९ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।