काठमाडौं । चितवनमा एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन् । भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेज निलम्बनमा परेका हुन् ।
‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपश्चात् प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको छ ।
घटना गएकाे १५ पुसमा प्रहरी चेकिङका क्रममा एक युवकमाथि निर्घाट कुटपिट भएको थियो ।
सोही समितिको सिफारिसका आधारमा असई भुजेललाई प्रदेश प्रहरी कार्यालय वाग्मतीले निलम्बन गरेको चितवन प्रहरीका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । असई भुजेलले प्रहरी आचरणविपरीत कुटपिट गरेको खुलेपछि निलम्बन गरिएको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया