Logo

अनलाइनपाना खोज

लेनदेन नमिलेपछि वैवाहिक बलात्कारको मुद्दा: ‘न्यायधीशनै अन्यायमा’



काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले हालेको बैबाहिक बलात्कारको मुद्दा पक्राउ परेर  डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । उनले उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन् । यो मुद्दाको अन्तिम किनारा लागेको छैन ।

पत्नी आरती रावलले आफूलाई बन्धक बनाएर कुटपिट गरेको, घरेलु हिंसा र यौनशोषण गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी थिइन् । रावलले न्याय पाउनका लागि भन्दै कहिले सडक कराउने त कहिले अनसन बस्ने त कहिले आदालतभित्रै बिष सेवन गरी न्यायलयलाई प्रभावित गर्ने गर्दै गरेकी छन् । यस्ता किसिमका कार्यले  वास्तविक अन्यायमा परेका महिलाहरुले  न्याय नपाउने अवस्था  सिर्जना भएको छ ।

यता भुवन गिरीले भने आँफुलाई सुनियोजित हिसावले फँसाइएको र आँफू अन्यायमा परेको बताउंदै आएका छन्। वास्तवमा भएको के थियो न्यायाधीश गिरीको भनाई सुनौँ : 

१ . भुवन गिरी २०७४ सालमा उच्च अदालत तुलसीपुर नेपालगंज इजलास‌को उपरजिष्ट्रार पद‌मा कार्यरत रहेको अवस्थामा आरती रावलसंग निजको भाई जिवन सिंह रावलको ५ वटा चोरी मुद्दाको सुरु सक्कल मिसिल वाँके जिल्ला अदालतमा घर जग्गा फुकुवाको लागि पठाउने सन्दर्भमा चिनजान भएको भएको र उक्त मिसिल पठाएपछिआरती रावल गिरीले घरजग्गा फुकुवा गरीबैंकबाट रकम निकाली निजको भाईको जरिवाना रकम तिरी सकेपछि आरती रावलले भुवन गिरीलाई फोन गरेर धन्यवाद दिनुको साथै अफिसमा आएर मिठाईको प्याकेट दिएर गएकीतथा फेस‌वुकमा साथी हुन अनुरोध गरेपछि भुवन गिरीले स्वीकार गरी फेस‌बुक साथी भएको र बेलावखत फोन तथा मेसेन्जरमा कुराकानी हुन थालेपछि भुवन गिरी संग निजले कानुनी राय सल्लाह लिने गरेको र कहिलेकाही भुवन गिरीलाई चिया खान बोलाउदा आरती रावल गिरीलेभुवन गिरीको सेल्फी फोटो लिने गरेकी रहीछन्।

२.  तत् पश्चात आरती रावलले मेसेज, कल लग र सेल्फी खिचेको फोटोलाई हतियार बनाई भुवन गिरीलाई आँफुसँग विवाह गर्न दवाव दिएकी र भुवन गिरीको आफन्तलाई उक्त सेल्फी फोटो पठाई सकेपछि भुवन गिरीको घर परिवार‌मा विवाद भई २०७४ माघ महिनामा भुवन गिरीकोजेठी श्रीमती होम कुमारी गिरी संग निजको घरस‌ारमा अंशबन्डा भएको रहेछ।

३ . ३ छोरी १ छोरा र श्रीमती भएका भुवन गिरीको परिवारमा आरती रावलको कारणले बिखन्डनको अवस्था आएपछि भुवन गिरीलाई निकै तनाव भयो र घरसार‌को अंशवन्डाको लिखतमा छोराको जिम्मा जेठी श्रीमतीले लिने र ३ छोरीको जिम्मा भुवन गिरीले लिएका रहेछन। जेठी श्रीमती होम कुमारी गिरी संगभुवन गिरीको घरसारमा अंशबन्डाको लिखत भएपछि निज आरती रावलले भुवनलाई विवाह‌को लागि दवाव दिएकी र विवाह नगरेको खण्डमा भुवन गिरी कार्यरत रहेको अदालतको अगाडी गएर आत्महत्या गरी भुवन गिरीलाई आत्महत्या दुरुत्साहन मुद्दामा फसाई दिनेर विवाह गरेको खण्डमा कुनैपनि सम्पती नलिई आफ्नो माईतीमा बस्ने तथा आँफु ओम शान्तिमा लागेको अबिबाहित महिला भएकोले कसैलाई दुःख नदिने र आफ्नो जिवन‌को एकमात्र लक्ष्य भनेको सिउँदोमा सिन्दुर हाल्नेसम्म मात्र हो भनेकी रहिछन्।

भुवन गिरीले बारम्बारको दबाब थेग्न नसकेपछि आरती रावलले आफु,बहिनी,बहिनी ज्वाई र आफ्नो १ जना साथीलाई साथमा लिएर भारतिय नम्बर‌को जिप रिजर्भ गरी भुवन गिरीलाई निकै दवावका साथ भारत‌को अयोध्या पुरयाई विवाह गर्न बाध्य बनाएकी र विवाहगरी सकेपछि माईतिमा गएर १५/१६ दिन सम्म शान्त रूपमा बसेकी रत्यसपछि भुवन गिरीलाई विवाह दर्ताको लागि पुन: दवाव दिन थालेकी र भुवन गिरीले बिबाह दर्ता गर्न इन्कार गरेपछि जवरजस्ती करणी मुद्दामा फसाई दिने धम्की दिएकी रकसैलाई उक्त विवाह‌को सम्बन्धमा जानकारी नदिने शर्त राखेकोमा आरती रावलले विवाह पश्चात्‌का फोटो र भिडियोहरु गोप्य रूपमा भुवन गिरीको घर‌परिवार रआफन्त जनमा पठाई तनाव सिर्जना गरेकी र अन्त‌मा नेपालगंजको मसानघाटमा गई मुसा मार्ने विषादी सेवन गरी भेरी अस्पताल नेपालगंजमा भर्ना भई कान्तिपुरका पत्रकार कमल गाउलेलाई बोलाई भुवन गिरीलाई बेईजती गर्ने कार्य गरेकी र भुवन गिरीले अस्पतालमा लागेको खर्च रु. २,५००/- तिरी आरतीरावलको आमालाई खबर गरीनिजका आमा र भाई आएपछि भुवन गिरी आफ्नो क्वाटर तर्फगएको र सो को भोलीपल्ट आरती रावललेभुवन गिरीलाई फोन गर्दाभुवन गिरीले फोन नउठाएपछि निज आरती रावल,निजकी आमा र बहिनी रातिको समयमा भुवन गिरीकोनेपालगन्जको रामबाग स्थित रजिष्ट्रारक्वाटरमा प्रवेश गरीभुवन गिरीलाई हातपात गर्न थालेको र फोनबाट गुण्डा बोलाउन थालेपछि भुवन गिरीले जिल्ला प्रहरी कार्यालय,बाँकेका एस.पि. टेक बहादुर तामाङलाई फोन गरी वडा प्रहरी कार्यालय,नेपालगंजवाट प्रहरी निरीक्षकको कमाण्डमा खटिए‌को टोलीले भुवन गिरीको सुरक्षा गरेको र उक्त टोलीले निज आरती रावल स‌हितलाईभुवन गिरीकोक्वाटरवाट निकाली भेरी अस्पताल पुरयाईएको रहेछ।

४ . उक्त घट्ना पश्चात् २०७५साल जेठ २३ गते भुवनले आफ्नी जेठी श्रीमती होम कुमारी गिरी सँग‌ घरसारमा भएको अंशबन्डाको लिखत मालपोत कार्यालय बाँकेबाट रजिष्ट्रेशन पारित गरेको र तत् पश्चात् आरती रावलले भुवनलाई जवरजस्तीकरणी मुद्दामा फसाई दिने भनी आँफु , आमा र महिला संजालको टोली सहित जाहेरी दरखास्त लिएर जिल्ला प्रहरी कार्यालय,वाकेमा पुगेकी र उक्त कार्यालयवाट भुवन गिरीलाईप्रहरी निरीक्षक रण बहादुर बिष्टले फोन गर्दा निज काम विशेषले केही बाहिर रहेकोले फोन नउठेको र पछि कल ब्याक गर्दा सो कुरा थाहा पाएपछि लगतैभुवन गिरीले आरती रावललाई फोन गरेर यो के नाटक गरेको भनी सोध्दा आरती रावलले भुवन गिरीलाई जबरजस्ती करणी मुद्दाको जाहेरी दर्ता गराएर भुवन गिरीकोजागिर खाई जिवन वर्वाद पारी दिन्छुभनेको र त्यसपछि आरती रावल र भुवन गिरी विच छ‌ल‌फल भई २०७५साल असार १२ गते भुवन गिरीले आरती रावल संग विवाह दर्ता गरी निजको नागरिकतामा पतिको नाम राख्ने कार्य भएको रहेछ।

६ .विवाह दर्ताको कार्य पूरा भएपछि आरती रावलले भुवन गिरीलाईलाई अब कुनै तनाव दिन्न,माईतीमा बस्छु तपाईको इच्छा लागे कहिले काही खर्च दिनुहोला, एकपटक म तपाईँको क्वाटर हेरेर आउछु भनी भुवन गिरीको रामबाग स्थित क्वाटरमा गई उक्त क्वाटरमा अड्डा जमाएर बसेपछी भुवन गिरीका छोरीहरू‌‌को विचल्ली भएको र छोरीहरु क्वाटर छोडी गाउँ तर्फ जान बाध्य भएका र त्यसपछि असार १२ गते देखि भदौं ५गते सम्म आरती रावल भुवनको क्वाट‌रमै बसेकी र भुवन गिरीलाई घर जान र छोरा छोरीलाई भेट्न पनि नदिएको एबं भाद्र ६ गते देखि भुवन गिरी न्यायसेवा तालिम केन्द्र, काठमाडौंमा उपसचिवको सेवा कालीन तालिममा भाग लिई असोजको ६/ ७ गते तिर नेपालगंज फर्की २०७५ असोज १८ देखिभुवन गिरीको उच्च अदालत, दिपायलमा काज सरुवा भई पछि सरुवा भएको र करिब ८ महिना दिपायलमा बसेको र दिपायलमा बस्दा आरती रावलले दैनिक रुपमा अत्याधिक मदिरा र चुरोट सेबन गरी भुवन गिरीलाई मानसिक यातना दिएको र एक दिन मासु काट्ने दाउले भुवन गिरीलाई प्रहार गर्न खोज्दा निजले मुस्किलले ज्यान जोगाएको अवस्था रहेछ।

२०७६साल असार देखि भुवनको कैलाली जिल्ला अदालत‌मा सरुवा भई गएकोमा कैलालीमा पनिआरती रावल गिरीले भुवन गिरीलाई अत्याधिक मानसिक तनाव थालेकी र कैलाली जिल्ला अदालतमा कार्यरत रहँदा २०७६ श्रावण १३ गते भुवन गिरीको बुवाको क्यान्सर रोगवाट मृत्यु भएकोर भुवन गिरीको बुवा सुर्खेत सिम्ता-२ स्थित घर‌मा रहेको अवस्थामा परिवारले आरती रावल गिरीलाई स्वीकार नगरेको अवस्थामा आरती रावल निजको आमा र बहिनी सहितको ४ जनाको टोली लिई भुवन गिरीको बुवा विरामी रहेको अवस्थामा घरमा पुगि झगडा गरी मृत्युको पर्खाईमा रहेका बुवालाई समेत तनाव दिने काम गरेकी रहिछन्।

बुवाको काज क्रिया सम्पन्न गरी भुवन गिरी २०७६ श्रावण २९ ‌गते कैलाली जिल्ला अदालत‌मा हाजिर भएको र तत् पश्चात् पनि आरती रावल गिरीले भुवन गिरीलाई वारम्वार तनाव दिनेगरेको अवस्था रहेछ।

७ .वारम्बारको मानसिक तनाव थेग्न नसकेपछि भुवन गिरी आजित भएर २०७६ मङ्सिर २ गतेनिजले कैलाली जिल्ला अदालत मार्फत बाँके जिल्ला अदालतमा आरती रावल गिरीसँग सम्बन्ध विच्छदे गरी पाउँभनी फिराद‌पत्र दर्ता गरीमङ्सिर २गते नै भुवन गिरी धनगढीवाट सहसचिवको बढुवाको फाराम भर्न काठमाण्डौ हिडेको र भुवन गिरीले सम्बन्ध विच्छेद मुद्दा दर्ता गरेको कुरा थाहा पाएपछि आरती रावलले भुवन गिरीको बिरुद्दमा पत्रकार र मिडिया कर्मीको दवाव दिएर मङ्सिर ४ गतेभुवन गिरी आफ्नो बुवाको किरियामा बसेको अबधिमा समेत बलात्कार गर्यो भनी झुठा व्यहोराको वैवाहिक बलात्कार र भ्रुण हत्याको जाहेरी जिल्ला प्रहरी कार्यालय,कैलालीमा दर्ता गरी कैलाली जिल्ला अदालतवाट भुवन गिरीको नाउँमा पक्राउ जारी भएको र उक्त कुरा भुवन गिरीले मिडियाबाट थाहापाएपछि निजलाई अत्याधिक मानसि‌क तनाव सिर्जना हुँदाभुवन गिरीले आत्महत्या गर्ने मनस्थितिमा पुग्दा भुवन गिरीको १ जना पूर्वतिरको साथीले काठमाडौँ कोटेश्वरको पाथिभरा होटलमा भुवन गिरीलाई बचाउनु भएकोर तत्‌ पश्चात् भुवन गिरीले निज आरती रावललाई फोन गरी यो के गरेको भन्दा तपाईले सम्बन्ध बिच्छेद मुद्धाको फिराद‌पत्र फिर्ता लिनुहोस म झुठा व्यहोराको वैवाहिक बलात्कार र भुण हत्याको जाहेरी फिर्ता लिन्छु भनेपछि भुवन गिरीले सम्बन्धबिच्छेद मुद्दाको फिरादपत्र फिर्ता लिएपछि आरती रावल गिरीले कैलालीको बैबाहिक बलात्कार र भ्रुण हत्याको जाहेरी दरखास्त तामेलीमा राख्न मिति २०७६/०८/०६मा जिल्ला प्रहरी कार्यालय, कैलालीमा निवेदन दिई उक्त निवेदनको सनाखत कागज गरी जिल्ला सरकारी वकिलकार्यालय,कैलालीबाट उक्त मुद्दा २०७६ साल मंसिर १२ गते तामेलीमा राख्ने निर्णय भएको र सोही मुद्दाको कारणले भुवन गिरीको ७ महिनामा कैलाली जिल्ला अदालतबाट सर्वोच्च अदालतमा काज सरुवा भएको र २.५ वर्ष सम्म सर्वोच्च अदालतमा बसेपछि भुवन गिरीको सह-सचिवमा बढु‌वा भएको र लोक सेवाबाट लिएको २०७८ सालको जिल्ला न्यायाधीशको खुल्ला परिक्षामा निज १ नम्बरमै सिफारिस हुन सफल भएको अवस्थामा कुन पद‌मा जागिर खाने भनी भुवन गिरी अलमल रहेको वेला आरती रावल गिरीलेभुवन गिरीको घर‌परिवार‌लाई तथा आफन्तजनलाई न्यायाधीश पद‌मा जागिर खानुपर्छ भनी भुवन गिरीलाई दवाव सिर्जना गरेपछि सहसचिवको जागिर १.५ महिना सम्म खाई सहसचिवको जागिर खाने सोचमा रहेका भुवन गिरीले जिल्ला न्यायाधीश पद‌मा जागिर खान बाध्य भएका रहेछन्।

आरती रावल काठमाण्डौमा भुवन गिरीको साथमा २.५ बर्ष बसेको र भुवन गिरीलाई अप्ठ्यारो पार्ने मनसायका साथ जिल्ला न्यायाधीश पद‌मा जागिर खान लगाए‌को कुरा झुट्टा बैबाहिक बलात्कार र जबरजस्ती करणीको मुद्दा दायर भएपछी मात्र थाहा भएकोरहेछ।

८ . जिल्ला न्यायाधीको नियुक्ति पाए लगतै भुवन गिरी २०७९ साल असार ३ गते उच्च अदालत तुलसीपुर पुगी मुख्य न्यायाधीशबाट जिल्ला न्यायाधीश पदको सपथ खाई २०७९साल असार ६ गते देखि कपिलवस्तु जिल्ला अदालतमा हाजिर भई निजले कामकाज गर्न सुरु गरेको र उक्त समयमा आरती रावल भुवन गिरीको काठमाडौमा रहेको डेरा कोठामा बसेकी र भुवन गिरीलाई बारबार काठमाण्डौ बोलाई काठमाडौं नआएको खण्डमा मिडिया,न्यायपरिषद र माईतीघर मण्डलामा गएर भुवन गिरीको बेइजती गरीदिने धम्की दिए‌की र भुवन गिरीले विदा माग गर्दा श्रावण महिनामा मात्र विदामिल्ने बताएपछि आरती रावल गिरीलाई भुवन गिरीले कपिलबस्तुबाट आवश्यक रकम पठाएपछि मात्र आरती रावल गिरीचुप लागि बसेकी र २०७९साल श्रावण २ गते भुवन गिरी काठमाडौँ आईअफि‌स‌मा बरबुझारथ गरी श्रावण १० गते निजलाई साथमा लिईकपिलबस्तु पुगी श्रावण महिनाभरी बाहिर डेरामा बसे‌का र २०७९भाद्र ७ गते भुवन गिरीजिल्ला न्यायाधीशको सेवा प्रवेशतालिममा सहभागी हुन राष्ट्रिय न्यायिक प्रतिष्ठान,मनमैजु काठमाण्डौ पुगी तालिम गरी२०७९असोज १० कपिलबस्तु फर्केको र तालिम अवधिमा निज आरती रावल गिरी नेपालगंज आफ्नो घर‌मा बसेकी र भुवन गिरीलाई नेपालगंज जान नदिई दशैँ अघि कपिलबस्तु जानबाध्य बनाई आफु नेपालगंजबाट कपिलबस्तु आई २ दिन बसी दशैँ खर्च बुझी दशैमा टिका लगाउन भुवन गिरीको सुर्खेत पुर्ख्यौली घरमा गए‌की रहीछन्।

९ . दशैँ पछि आरती रावलसँग भुवन गिरीको फोन सम्पर्क नभएको र दशैँ लगतै भुवन गिरी बाँकी तालिम गर्न काठमाण्डौ गए‌को र कार्तिक ६ गते तालिम सम्पन्न गरी ७ गते काठमाण्डौबाट नेपालगंज फर्की घर‌मा पुगि तिहार मानी कार्तिक १५ गते बाँकेवाट कपिलवस्तु गएको र आरती रावल गिरीभुवन गिरीको सम्पर्क नआएपछि भुवन गिरी आफ्नो छोरी, भतिज र जेठी श्रीमतीको साथमा कपिलवस्तु गएका र आरती रावलले भुवन गिरीको छोरी, जेठी श्रीमती र भतिज कपिलबस्तु गएको थाहा पाएपछि कार्तिक १७ गते आरती रावल कपिलवस्तु गई भुवन गिरीलाई गाली गरी भुवन गिरीको साथमा न्यायाधीश क्वाटरमा बसेकी र भुवन गिरी कार्तिक १८ गते आफ्नो७९ वर्षकी आमालाई भेट्न भनी बाँके जान लाग्दा चन्द्रौटा पुगेको समयमा आरती रावल गिरीले आफुलाई पति भुवन गिरीले कुट‌पिट तथा बलात्कार गरेको भनी जिल्ला प्रहरीकार्यालय कपिलबस्तु मौखिक उजुर गर्न पुगेकी र भुवन गिरीलाई सो को जानकारी भएपछि निज बाँके स्थित घरमा नगई चन्द्रौटाबाट तौलिह‌वा फर्केका र आरती रावल गिरीलाई न्यायाधीश क्वाटरमा ल्याई सोधपुछ गर्दा आँफुलाई केही नभएको र भुवन गिरीलाई घरमा आमालाई भेट्न जानबाट रोक्ने उद्देश्य रहेको बताएकी रहीछन्।

१० . २०७९साल कार्तिक १८ देखि२०७९साल मंसिर १ गते सम्म आरती रावल न्यायाधीश क्वाटरमाभुवन गिरीसंगआराम साथ बसेकी र २०७९ साल मङ्सिर २ गते भुवन गिरी आमालाई भेट्न जान्छु भनी आरती रावलसँग सर सल्लाह गरी P.S.O.,ड्राईभर, भुवन गिरी र आरती रावलसँगै वसी चिया नास्ता खाई भुवन गिरी मङ्सिर ६ गते अफिस भेट्ने गरी आउने भनी बाँके घर तर्फ हिँडेकोमा बाँकेको कुसम पुग्दा आरती रावल पुनः जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु पुगि आफुलाई पतिले बलात्कार र कुटपिट गरेको भनी कराउन थालेको र उक्त खबर सुनेपछि भुवन गिरी कपिलवस्तु नफर्की बाँके घरमा गएको र मङ्सिर ५ गते वेलुका मात्र भुवन गिरी कपिलबस्तु फर्केकोमा उक्त दिन पनि आरती रावलले भुवन गिरीलाई आमालाई भेट्न घर‌ जानबाट रोक्ने उद्देश्य रहेको रहेछ।

११ .मङ्सिर ५ गते भुवन गिरी कपिलबस्तु फर्केपछि आरती रावल गिरीलेभुवन गिरीको बिरुद्दमा बैबाहिक बलात्कारको उजुरी दिई स्वास्थ्य परिक्षण गराई मङ्सिर ७ गते काठमाण्डौ पुगी निजले बिनु यादवकोनेतृत्वमा सडक आन्दोलन गरीभुवन गिरीको बिरुद्दमासर्बोच्च अदालत, न्यायपरिषद, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगमा उजुरी दिई बिभिन्न युटुब र टेलिभिजनमा अन्तर्वार्ता दिनुको साथै बिभिन्न अनलाईन पत्रिकाहरुमा भुवन गिरीको बिरुद्द भ्रामक समाचारहरु प्रशारण गरी भुवन गिरीलाई झनै पिडित बनाएको अवस्था रहेछ।

१२ .निज आरतीरावल गिरीले भुवन गिरीको बिरुद्ध कपिलबस्तुमा बैबाहिक बलात्कारको जाहेरी दर्ता गर्नको लागि दबाब दिने उदेश्यले कालो बस्त्र लाएर सर्बोच्च अदालतको गेटमा उभिई आफ्नो कपाल काटेर सर्बोच्च अदालतको गेट भित्र फ्याकेको, संसद भवन अगाडी बिनु यादब सहित पुगेर पेट्रोल, सिसा र टायर बोकी आन्दोलन गरेको,बिभिन्न युटुबमा अन्तर्वार्ता दिएर जाहेरी दर्ता नगरे आत्मदाह गर्छु भनी धम्की दिएको र कपिलबस्तु प्रहरीलाई जाहेरी दर्ता गर्न राष्ट्रिय मानव अधिकार आयोगबाट पटक पटक पत्र लेख्न लगाई फोन बाट समेत दबाब दिन लगाई २०७९ फागुन १४ गते आरती रावल गिरीलेभुवन गिरीको बिरुद्दमा काठमाण्डौबाट हुलाकमा पठाएको बैबाहिक बलात्कारको जाहेरी कपिलबस्तु प्रहरीमा दर्ता भएको र उक्त मुद्दा २०८० बैशाख १५ गते कपिलबस्तु जिल्ला अदालतमा दर्ता भईभुवन गिरीरु.२,७५,०००/-(दुईलाख पचहतर हजार)धरौटीमा छुटी हाल उक्त मुद्दामा प्रतिबादीलाई सफाई दिने गरी मिति २०८१/०७/२८ मा फैसला भएकोरहेछ। त्यसैगरी भुवन गिरीलेआरती रावल गिरी संग सम्बन्ध बिच्छेद गरिपाउँ भनी दिएको मुद्दा २०७९साल मङ्सिर ११ गते बाँके जिल्ला अदालतमा दर्ता गरी मेलमिलापमा पठाउने आदेश भएकोमा २०७९ साल चैत्र २६ गते आरती रावलले भुवन गिरीलाई भाईबरबाट फोन गरी काठमाण्डौ भद्रकालीमा भेट्ने र बसेर कुराकानी गरी सम्बन्ध बिच्छेद गर्ने भनी आफ्नो वकिल अधिबक्ता इन्द्र प्रसाद अर्याल संग कुरा गरी वकिलको सल्लाह अनुसार भुवन गिरीलाई भेट्न बोलाएकोमानिज भद्रकाली मन्दिर नआई सुन्धारा महलमा पुगी भुवन गिरीलाईत्यहाँ बोलाई नास्ता खाई त्यहाँबाट गोप्य कुरा गर्न यहाँ बातावरण छैन,मैले चिनेको चिया घर बानेश्वरमा छ त्यहाँ जाउ भनीभुवन गिरीलाई साथमा बानेश्वर पुर्याई आफैले टेम्पुको पैसा तिरी बानेश्वर पुगी चिया खाई गफगाफ गरी भुवन गिरी आफ्नो डेरा बागबजार फर्कन लाग्दा संगै हिडेर जाउ, मेरो डेरा सुन्धारा हो भनीदुवै जना संगै हिडेर सुन्धारा पुग्दा आफ्नो डेरा लैनचौर हो त्यहाँ छोडी दिनुहोस भनेपछि भुवन गिरी लैनचौर पुग्दा अलि अगाडी सामाखुसी हो भन्दै त्यहाँ पुगेपछि भोक लाग्यो खाना खाउ भनी बाजेको सेकुवामा पुगी दुवै जनाले सादा खाना खाई सकेपछी भुवन गिरी आफ्नो डेरा फर्कन लाग्दा गोंगबु डेरामा पुर्याई दिनुहोस भनी अनुरोध गर्दा उक्त डेरामा पुगे पछि रातको १०.०० बजे छ।

१३ .आरती रावल गिरीलाई भुवन गिरीले निजको डेरा भएको घरको गेटमा छोडी फर्कन लाग्दा आरती रावल गिरीले पानी सम्म पिएर जानुहोस भनी भुवन गिरीलाई आफ्नो कोठामा लिएर गएको र भुवन गिरी पानी पिएर फर्कन लाग्दा निजको कोठा बाहिर निस्कदा आरतीरावल गिरीको कोठासंगै जोडिएको अर्को कोठाको गेट खोल्ने बहिनीले आरती रावल गिरी संगको पुर्ब सल्लाह अनुसार गेट र ग्यालरीको मूल ढोकाको ताला लगाई आफ्नो कोठामा पुगी चुकुल लगाई सकेकी रहीछन्।गेट खोल्ने ति बहिनीलाई भुवन गिरीले ग्यालरीको ढोका र गेटको ताला खोली देउ भनी कराउदा समेत ढोका नखोली दिएको र रातीको १०.०० बजेको समयमा धेरै हल्ला गर्दा समस्या हुने भएकोले भुवन गिरी आरती रावल गिरीको कोठामा गई ति बहिनीलाई ढोकाको ताला खोल्न लगाई देउ, म तिम्रो डेरामा बस्नु राम्रो हुदैन,ढिलै भए पनि म आफ्नो कोठामा जान्छु भनी अनुरोध गर्दा निज आरती रावल गिरीले रातिको समय छ तपाँईलाई केही भयो भने मलाई आरोप लाग्छ,अहिले बाहिर नजानुहोस, कैलालीमा पनि मुद्दा चल्दा चल्दै हामी संगै होटेलमा बसेका थियौ, के फरक पर्छ र? छुट्टा छुट्टै बेड छन्,थप छलफल गरौँ,आखिर हामी संगै मिलेर बस्ने हो भनि कोठाको चुकुल लगाएर भुवन गिरीलाई बाहिर निस्कन नदिएपछि दुवै जना उक्त कोठामा छुट्टा छुट्टै बेडमा सुतेको र रातको १२.०० बजे सम्म सम्बन्ध बिच्छेद मुद्दाको बारेमा छलफल गरेको र भोलि पल्ट २८ गते बिहान ८.०० बजे भुवन गिरी आफ्नो कोठा फर्कन लाग्दा आरती रावल गिरीले अब चिन्ता नगर्नुहोस मैले गल्ति गरे,अरुको उक्साहटमा लागेर तपाँई र मेरो जिबन बर्बाद गरें,अब के गर्दा सहज हुन्छ त्यही गरौ,मैले कैलालीमा मुद्दा फिर्ता गरे जस्तै कपिलबस्तुको मुद्दा फिर्ता गर्दा हुन्छ भने त्यो पनि गर्न म तयार छु भनेपछि भुवन गिरीले सरकारबादी मुद्दाको विषयमा कुरा नगरौं बरु सम्बन्ध बिच्छेद मुद्दा टुंगो लगाऔ भन्दा आरती रावल गिरीले खाना खाएर जानुहोस म पनि तपाँई संग सुन्धारा संगै जान्छु र भोलिको दिवा बसको टिकट काटौ,भोलि नै नेपालगंज गएर सम्बन्ध बिच्छेद मुद्दाको टुंगो लगाऔ भनेपछि भुवन गिरीले ठिक छ भनि बसेको र आरती रावल गिरीले खाना पकाएर भुवन गिरीलाई दिएको र आरतीरावल गिरीले मंगलबारको ब्रत भएको भनि खाना नखाएको र खाना खाएको १ मिनेट पछि खानामा निद्रा लगाउने औषधी राखेकाले भुवन गिरी बिहान ११.०० बजे देखि दिउँसो ३.०० बजे सम्म बेहोस भएको र ३.०० बजे ढोका ढकढक्याएको आवाज सुनेपछि भुवन गिरीको निद्रा खुलेको र ढोका खोल्दा ४ जान प्रहरी आएका र निज आरती रावल गिरीकोसाथी बिनु यादब पनि प्रहरीको साथमा आएकी र भुवन गिरीले प्रहरीलाई किन आएको भनि सोध्दा प्रहरीले तपाँईको बिरुद्दमा अपहरण र शरिर बन्धककोउजुरी परेको छ भनेपछि भुवन गिरीले आरती रावल गिरीले मलाई सम्बन्ध बिच्छेद मुद्दामा छलफल गर्ने भनि आफ्नो कोठामा ल्याएको र म निजको श्रीमान हुँ भन्दा पनि प्रहरीले कुनै वास्ता नगरी भुवन गिरीलाई प्रहरी परिसर टेकु हुँदै कपिलबस्तु पठाईएको रहेछ।

प्रहरी परिसर टेकुमा पुग्दा अधिवक्ता इन्द्र प्रसाद अर्याल र Galaxy T.V. का पत्रकार समेत ४/५ जना अन्य पत्रकार उपस्थित भएका र बिभिन्न अनलाईन पत्रिकामा कपिलबस्तुका न्यायाधीश भुवन गिरी बसपार्कबाट पक्राउ भन्ने समाचार प्रकाशित भैसकेको रहेछ। भुवन गिरीलाई पक्राउ गरेपछि प्रहरीले छोड्न सक्छ भन्ने सोचले त्यति छिटो अनलाईन समाचार बनाइएको र पक्राउ गराउनुको उदेश्य झुट्टा जबरजस्ती करणी मुद्दाको वारदात स्थापित गर्ने रहेछ भन्ने कुरा चैत्र ३० गते निज आरती रावल गिरीले अधिकारकर्मिको दबाबमा प्रहरी परिसर टेकुमा भुवन गिरीको बिरुद्द झुट्टा जबरजस्ती करणीको मुद्दा दायर गरेपछि थाहा भएको र २०८० साल बैशाख १७ गते काठमाण्डौ जिल्ला अदालतमा उक्त मुद्दा दर्ता भई मिति २०८०/०१/१९ मा भुवन गिरीरु. ५०,०००/-(पचास हजार) धरौटीमा छुटेका रहेछन्।

१४ .त्यसपछि पनि आरती रावल गिरीले भुवन गिरीलाई बाँकेको ढकेरीमा आपनो पुरोहितको घरमा बोलाएर मेलमिलाप गर्ने भनी अनुरोध गरेकोमा आरती रावल गिरीले अर्को झुट्टा मुद्दा दर्ता गराउने षडयन्त्र गरेको शंका पाई भुवन गिरीले निजलाई नभेटेका रहेछन्। त्यसपछि आरती रावल गिरीले २०८० साल असारको ७ गते भुवन गिरीलाई काठमाण्डौ जिल्ला अदालतमा हातपात र चप्पल प्रहारगरेकोले भुवन गिरीले निजको बिरुद्दमा अभद्र ब्यबहार मुद्दा दर्ता गर्दा निज १ दिन प्रहरी हिरासतमा बसेको र प्रहरी हिरासतमै निजले अनसनको नाटक गरी बिर अस्पतालमा भर्ना हुन खोज्दा अस्पतालले भर्ना गर्न इन्कार गरेको र अधिवक्ता इन्द्र प्रसाद अर्यालको अनुरोधमा बिर अस्पतालले आरती रावललाई भर्ना गरी ११ दिन अस्पतालमा राखेको र अधिकारकर्मिको दबाबमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट आरती रावल गिरी कसुरमा साबित हुँदा पनि साधारण तारेखमा छुटी हाल उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको रहेछ।

१५ . मिति २०८०।५।२५ गतेका दिन काठमाण्डौ जिल्ला अदालतको २७ नं. इजलासमा आरती रावल गिरीको बकपत्र दिउँसो ३:३० बजेतिर सकिए पनि भुवन गिरीलाई एक हप्ता देखि बढीको तारेख दिन मिल्दैन भनी २९ नं. फाटका कर्मचारीहरुलाई आरती रावल गिरीले धम्काई निज आरती रावल गिरी र अन्य २/३ जना महिलाहरु बेलुका ५:०० बजेसम्म २९ नं. फाँटमा धर्ना दिई बसेका र भुवन गिरीले तारेख लिन एवं बकपत्रमा सहिछाप गर्न उक्त फाँटमा जानुपर्ने भएको र त्यहाँ गएमा झडप हुने स्थिति पैदा भएको र आरती रावल गिरी लगायतका महिलाहरुले जबरजस्ती गरी उक्त स्थानबाट जान नमानेपछि महिला प्रहरीले निजलाई समेत उक्त स्थानबाट हटाई सकेपछि भुवन गिरी आफ्नो कानून व्यवसायी र प्रहरीको सहयोगमा उक्त फाँटमा गई तारेख लिएको र १६ दिनको तारेख लिएपछि आफूले भनेबमोजिम १ हप्ताको तारेख किन नदिएको भनी रातीसम्म अदालतको गेट बाहिर सडकमा बसी पत्रकार बोलाई प्रहरी,कर्मचारीको बेइज्जत गरी भिडियो बनाई युटुबमा अपलोड गरी प्रहरी, कर्मचारी र भुवन गिरीको विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौंमा मार्फत ज्यान मार्ने उद्योग मुद्दाको जाहेरी प्रहरी परिसर टेकु दर्ता गरेको र उक्त जाहेरी सहितको सक्कल मिसिल थप अनुसन्धानको लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौको च.नं.१११९ मिति २०८०।०९।२२ को पत्र साथ प्रहरी वृत, सिंहदरबारमा पठाएको भन्ने जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौ को च.नं. ५५१ मिति २०८१।०४।३१ को पत्रबाट जानकारी प्राप्त भएको अवस्था रहेछ।

१६. .त्यसपछिआरती रावल गिरीले भुवन गिरीको बिरुद्दमा माईतिघर मण्डलामा ५८ दिन जति अनसनको नाटक गरी बसी काठमाण्डौ जिल्ला अदालतको धरौटी आदेश उपर उच्च अदालत पाटनमा सरकारी वकिललाई निबेदन गर्न लगाई पेट्रोलको सिसा बोकीउच्च अदालत, पाटनको गेट बाहिर नारा जुलुस गरी न्यायाधीशलाई प्रभाव पार्न खोजेको र युटुबर बोलाई भिडियो खिची सामाजिक संजालमा राख्दा समेत उच्च अदालत पाटनका न्यायाधीश प्रभावमा नपरी काठमाण्डौ जिल्ला अदालतको आदेश सदर गरेपछि पुन: जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौ पुगी सरकारी वकिललाई पेशी स्थगित नगरे आत्महत्या गर्छु भनी धम्की दिई फैसला गर्नको लागि अंग पुगेको काठमाण्डौ जिल्ला अदालतको जबरजस्ती करणी मुद्दा लगातार ४ पटक स्थगित गर्न लगाई फैसला हुन नदिई महान्यायाधिबक्ताको कार्यालयमा गई धर्ना दिई सर्बोच्च अदालतमा उच्च अदालत पाटनको आदेश उपर निबेदन गर्न लगाई सर्बोच्च अदालतमा आत्मदाह र बिष सेवन तथा अनसनको नाटक गरी सर्बोच्च अदालतबाट उच्च अदालत पाटनको आदेश मिति २०८०/१२/२१ मा बदर गर्न बाध्य पारी भुवन गिरीलाई थुनामा राखेको रलगतै काठमाण्डौ जिल्ला अदालतमा पुगी जिल्ला न्यायाधीश दुर्गा बहादुर भुषाललाई आफ्नो पक्षमा फैसला नगरे अदालत भित्र आत्महत्या गर्छु भनी धम्की दिई भुवन गिरीलाई काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१/०२/१३ मा कसुर ठहर गरी मिति २०८१/०२/२१मा सजाय निर्धारण गरी ७ बर्ष कैद र रु. ३ लाख जरिबाना हुने ठहरी फैसला भएकोमा उक्त फैसला उपर भुवन गिरीको उच्च अदालत पाटनमा मिति २०८१/०४/३२ मा पुनराबेदन परी विचाराधीन अवस्थामा रहेको रहेछ।

आरती रावल गिरीले हालसालै कपिलबस्तु जिल्ला अदालतमा गएर बैबाहिक बलात्कार मुद्दामा आफ्नो पक्षमा फैसला नगरे अदालत भित्र आत्महत्या गर्छु भनी धम्की दिई उक्त अदालतका माननीय न्यायाधीशको फोटो फेसबुकमा राखी धम्की दिएको र सुरु काठमाण्डौ जिल्ला अदालतबाट भुवन गिरीलाई न्यूनतम अर्थात ७ बर्ष कैद सजाय भएकोले अधिकतम सजाय गरिपाउँन र क्षतिपूर्ति भराई पाउँनको लागि पुनराबेदन गर्न उच्च सरकारी वकिल कार्यालय, पाटनबाट पनि दबाब दिई उच्च अदालत पाटनमा मिति २०८१/०५/२७ मा पुनरावेदन दर्ता गरेको अवस्था रहेछ ।

१७. आरती रावल गिरीलेभुवन गिरीलाई सुरुदेखिनै सुखसंग बस्न नदिएको र बारम्बार दुःख दिई जागिर खाइदिने र भुवन गिरीको ज्यान उडाई दिने धम्की दिने गरेकी र पत्रकार र गुण्डा आफ्‌नो गोजीमा रहेकोले आफु कहिल्यै नड‌राउने कुरा बेला बेलामा भन्ने गरेको रजिल्ला न्यायाधीश भएपछि आफुलाई नेपालगंजमा ३तले पक्की घर बनाई दिनु पर्ने,भान्सेमा नियुक्त गरी मासिक रु.२५ हजार तलव दिनु पर्ने र छुटी भिन्न भएकी जेठी श्रीमतीको घरमा जान पाउनु पर्ने माग राखेकोमा भुवन गिरीले पैसा नभएकोले तत्काल घर बनाउन नसक्ने र ऋण लागेकोले तलब दिने नसक्ने तर पछि बिस्तारै यि माग सम्बोधन गर्ने तर जेठी श्रीमतीको घरमा जान नसक्ने बताएका रहेछन्। आरती रावल गिरीले विवाह गर्दा‌को समयमा आफुलाई सन्तान नचाहिने,जेठी श्रीमतीवाट ४ सन्तान भएकाले आफ्ना पनी सन्तान मानि चित बुझाउने भनेकी र कैलालीमा झुठा बैबाहिक बलात्कार र भ्रुण हत्याको मुद्दा दिएपछि भुवन गिरीले निज संग शारीरिक सम्पर्क गर्न छोडेको अवस्था रहेछ।

२८. आरती रावल गिरीले विवाह गर्दाको समयमा आफुलाई सिन्दुर बाहेक केही नचाहिने भनेकोमा विवाह दर्ता पश्चात् आफ्‌नो घर लिलाम हुन लागेकोले बैंक लोन तिरिदिन अनुरोध गरेकोले भुवन गिरीले नेपालगन्जको मेघाबैंकको लोन, निजको आमा र बहिनीलाई सापटी रकम, गर‌गहना समेतको गरेर करिव रु.१२ लाख जति रकम निजलाई भुक्तानी गरी सकेको र निजको नाममा नेपालगन्जमा ५ कोठाको पक्कि घर रहेको एवम मासिक रु. १० हजार घर भाडा प्राप्त हुने गरेको तथा उक्त घरमा निजको आमा मात्र बस्ने गरेको अवस्था रहेछ।

भुवन गिरीले उक्त घरकोऋण तिरेपछिआरतीरावल गिरीलेसो घर पुन:सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेपालगंजमा धितो राखीरु.१०,०००००/-(दश लाख)ऋणनिकाली निजको भाईले जग्गा खरिद गरी हाल विदेश दुबईमा रहेको भाईले बैंक किस्ता तिरी रहेको भन्ने बुझिन आएको रहेछ।

१९ . निज आरती रावल गिरीको उद्देश्य केवल भुवन गिरीलाई बारम्बार वार्गेनिङ गरेर मोटो रकमअसुल्ने(Honey Trap) नै देखिएको र आरती रावल गिरीले कानून वमोजिम पाउने अंश रकम रु.७ लाख भन्दा वढि नभएको रभुवन गिरीले रु. १२ लाख जति निजलाई बुझाई सकेको अवस्था रहेछ। आरती रावल गिरीले सुरुमा भुवन गिरीलाईरु. १० लाख नगद र ५ कठ्ठा जमिन दिए राजी खुसी साथ सम्बन्धबिच्छेद गर्न मंजुर रहेको भनेकोले भुवन गिरीले माग बमोजिम गर्न तयार भएपछि सो को सट्टा नगद रु.२५ लाख दिए सम्बन्ध विच्छेद गर्न तयार रहेको भन्दा भुवन गिरीलेरु. २५ लाख नगद दिई सम्बन्ध बिच्छेद गर्न तयार रहेको छु भन्दा अब म सम्बन्ध विच्छेद गर्न तयार छैन भनी जबाफ दिएको अवस्था रहेछ। किनकी उक्त समय भुवन गिरीको जिल्ला न्यायाधीश पदमा नाम निस्की सकेको र न्यायाधीश भएपछी अझै बढी रकम असुल्ने सोचले सो समयमा सम्बन्ध बिच्छेद गर्न इन्कार गरेको कुरा हाल रु. १ करोड मागे पछि मात्र अवगतभएको अवस्था रहेछ।

२०. कपिलबस्तु र काठमाण्डौ जिल्ला अदालतबाट भुवन गिरी धरौटीमा छुटेपछी दुबै मुद्दामा बकपत्र गर्न आरती रावललाई प्रहरीले पटक पटक खवर गर्दा समेत निज बकपत्र गर्न समेत उपस्थित नभई ढिलाई गरेको आरती रावल गिरीले आफ्ना वकिल नेपालगन्जका अधिवक्ता मेयर सिंह खत्री मार्फत भुवन गिरीको वकिल नेपालगन्जका अधिवक्ता बासुदेब ज्ञवाली संग रु. १ करोड दिए सम्बन्ध बिच्छेद गर्न तयार रहेको र अन्य मुद्दामा अवरोध सृजना नगर्नेभनी प्रस्ताव पठाएकोमा भुवन गिरीले आफ्नो सम्पति जम्मा रु. ३५ लाख बराबरको जग्गा मात्र भएकोले सुरुमा बोलेको रकम रु. २५ लाख जति ऋण सापट गरेर भए पनि दिन सक्छु सो बाहेक १ रुपैया पनि दिन सक्दिन भने पछी आरतीरावल गिरीको वकिलले रु. १ करोड भन्दा १ रुपैया पनि कम हुदैन भन्ने जवाफ दिए पछी भुवन गिरी सम्बन्ध विच्छेद मुद्दामा मेलमिलापमा सहभागी हुन नसकेको र मागेको रकम नपाएपछी आरती रावल गिरीले आँफुलाई भुवन गिरीले कपत्र गर्न दिएन भनी भुवन गिरीको बिरुद्धमा सामाजिक संजालमा बदनाम गरी४/५ महिना पछि मात्र आरती रावल गिरीले बकपत्र गरेकी रहिछन्।

माईतिघर मण्डलामा आरती रावल गिरीले अनसनको नाटक गरी भुवन गिरीको सुविधा खारेजको माग गरी भुवन गिरीले प्रयोग गरेको गाडी समेत फिर्ता गराएको र कपिलबस्तु र काठमाण्डौ जिल्ला अदालतका न्यायाधीशले आफ्नो अनुकुलको थुनछेक आदेशनगरी भुवन गिरीलाई धरौटीमा छोड्ने गरेको आदेश उपर र बाँके जिल्ला अदालतबाट खाना खर्च मुद्दामा भुवन गिरीको तलब रोक्का नगर्ने आदेश भएपछि बाँके,कपिलबस्तु र काठमाण्डौ जिल्ला अदालतका माननीय न्यायाधीशहरु,उच्च अदालत पाटनका माननीय न्यायाधीशहरु र सर्वोच्च अदालतका माननीय न्यायाधीश तथा सम्माननीय प्रधान न्यायाधीश समेतको फोटो आरती रावल गिरीले आफ्नो फेसबुक आईडी Geeree Aarti र टिकटक आइडी geereekali मा राखीगाली गलौज तथा बदनाम गर्नुको साथै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह, अदालतका न्यायाधीशहरु र अदालतले समेत आँफुलाई बलात्कार गरेको भनी शान्तीबाटीकामा रोई कराई नाटक गर्नुका साथै सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालय अगाडी कालो, सेतो बस्त्र लगाई न्यायाधीश र सरकारी वकिलको बिरुद्धमा गाली गरेको,संघीय संसद भवन अगाडी, माईतीघर मण्डला र उच्च अदालत पाटन लगायतका ठाउँ ठाउँमा सडक आन्दोलन गरी अदालतलाई आँफुले भने बमोजिमको फैसला तथा आदेश तथा नगरे आत्महत्या गर्छु भनी दवाब दिई केही तथाकथित एबं स्वघोषित सामाजिक अभियन्ता केहि पत्रकारलाई साथमा लिई आत्मदाहको नाटक गरी भिडियो खिच्न लागाई युट्युवमा अपलोड गरी सहानुभुती बटुल्ने गरेको र आफ्नो टिकटक र फेसबुक आईडी माभुवन गिरीको फोटो राखी गाली गरेको स्टाटस तथा भिडियोहरु पोष्ट गरी भुवन गिरीलाई मानसिक यातना दिँदै आएकी रहिछन्।

२१ . भुवन गिरीलाई अत्याधिक दुख: दिएपछि भुवन गिरीले निज आरती रावल गिरीको बारेमा जिल्ला प्रहरी कार्यालय, बाँके र बाँके जिल्ला अदालतमा बुझ्दा निज आरती रावल गिरीले आमा मिना रावल र भाई जीवन सिंह रावल र शक्ति सिंहरावल गिरीको बिरुद्धमा २०७२ सालमा बाँके जिल्ला अदालतमा अंश मुद्दा दिएको रआमा तथा भाईले फिराएको प्रतिउतर‌मा आरती रावल गिरीले आमा,भाई,बुहारीलाई अत्याधिक दवावमा राख्ने, स‌ल्फास बिषादी खाई आत्महत्या गर्ने धम्की दिने र हात काट्ने काम गरेको भन्ने उल्लेख गरेको देखिएको र निज आरती रावल गिरीको देब्रे हात‌को नाडीमा काटिएको २ वटा दाग समेत रहेछ।आरती रावल गिरीले भाई र आमालाई दवावमा पारी एकलौटी रूपमा घरजग्गा अंशमा लिए‌को देखिएको र उक्त घर आफ्नो नाममा आएपछि माइतीलाई दिनु नपरोस् भनी नेपालगन्जको रमा आचार्य भन्ने महिलाको नाममा संयुक्त बनाएको अवस्था रहेछ। यसबाट निजको मानसिक अवस्था असामान्य रहेको र सोच सकारात्मक नरहेको देखिएको र भुवन गिरी सँग पनि बारम्बार झगडा गर्ने,आँफैले आफ्नो शरीर चिथोर्ने, कोतर्ने र भितामा टाउको ठोक्ने हर्कत गर्दै आएको र उपचार गराउन खोज्दा इन्कार गर्दै आएको अवस्था रहेछ।

२२ . त्यसैगरी २०६६ सालमा निज आरती रावल समेतले प्रहरी गस्ती टोलि माथि हातपात र गाली गलौज गरेकोले प्र. ह. टेक बहादुर चन्दको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी आरती रावल समेत भएको केहि सार्बजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय बाँकेबाट २०७० सालमानिज आरती रावल, प्रेम बहादुर गाईने र सुशिला योगीलाई जनही रु. २ हजार जरिबाना भएको र उक्त मुद्दा पुनराबेदन नपरी अन्तिम भएको अवस्था रहेछ।

२३ . बिबाह गर्नुअघि आरती रावल गिरीले आँफु अबिबाहित रहेको र ओम शान्तिमा लागेको भनेपनी बाँकेको उक्त सार्बजनिक अपराध मुद्दामा प्रहरीमा बयान गर्दा मेरो पतिको नाम गोबिन्द बि.सी., घर जाजरकोट खलङ्गा-१ घर भै हाल नेपालगंज १२ मा बस्छु, परिवारको संख्या ३ जना रहेको भनी उल्लेख गरेकी रहिछन्। निजको छिमेकी संग बुझ्दा आरती रावल गिरीले पहिलो पति संग सम्बन्ध विच्छेद गरे नगरेको थाहा नभएको,दोश्रो बाँकेका एक जना थपलिया थरका शिक्षकसंग नेपालगन्जको D.S.P.रोडमा १.५(डेढ) बर्ष रिलेसनमा बसेको, तेश्रो दिल्लीको टक्ला खान संग २ बर्ष सम्म दिल्लीमा निजको तेश्रो श्रीमतीको रुपमा रिलेसनमा बसेको,चौथो नेपालगन्जका गुड्डु मुसलमान संग १.५ बर्ष सम्म रिलेसनमा बसेको रनिज कुवेत रसाउदी अरबमा१/१ पटक रोजगारीको लागी गएको र नेपाल फर्किएपछिनिजले दिल्ली र मुम्बईबाट ठूलो संख्यामा नेपाली महिलाहरुलाई घरेलु कामदारको रुपमा बिदेशीबाट कमिसन रकम खाई खाडी मुलुकमा पठाएको र एस.एल.सी. पासको भारतीय स्कूलका नक्कली प्रमाणपत्र बनाउदै हिडेको भन्ने बुझिएको अवस्था रहेको छ।आरतीरावल गिरीको बिरुद्दमा एस. एल. सी. को नक्कली प्रमाणपत्रको सम्बन्धमा बाँके जिल्ला अदालतमा मुद्दा चलेको रहेछ।

त्यसैगरी निजले २०७२ सालतिर नेपालगंज-१३ खडकनपुरवाको उदेश खटिकको श्रीमती कलावती खटिक र छोरी पुनम खटिकलाई विदेश खाडी मुलुकमा पठाई दिन्छु भनी रु.६० हजारका २ वटा नक्कली तमसुक बनाएको र रु. ३० हजार नगद बुझी लिई निजहरुलाई मुम्बईमा ३ महिना जति राखी विदेश नपठाएपछि कलावती खटिक नेपाल फर्केको र छोरी पुनम खटिकलाई जसरी पनि विदेश पठाई दिन्छु भनेकाले मुम्बईमा छोडी आएकोमापछि छोरीको अत्तोपत्तो नभएकोले कलावती खटिकले जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएको र बाँके प्रहरीले मुम्बई प्रहरीमा खबर गरी मुम्बई प्रहरीले पुनम खटिकलाई उद्दार गरी काठमाण्डौ पठाई डेढ महिना जति काठमाण्डौ सेल्टरमा राखी बाँके पठाएको र निज आरती रावल गिरी मुम्बईमा रहेकोले निजको आमा मिना रावलआरतीरावल गिरीले कलावती खटिक र पुनम खटिकबाट बनाएका २ वटा फर्जी तमसुक च्याति रु. ३० हजार फिर्ता गरेको र कलावती खटिकलाई निजको छोरीको खोज तलासको लागि रु. १० हजार दिएको भन्ने पिडितको बुवा तथा पति उदेश खटिकबाट बुझिन आएको छ ।

२४ . यसरी ठूलो गिरोह‌वाट परिचालित निज आरती रावल गिरीले भुवन गिरीलाई अनावश्यक रूपमा दुःख हैरानी दिने र ठूलो रकम असुल्ने मनसायवाट प्रेरित भई पटक पटक झुट्टा आरोप लगाई मुद्दा दिई भुवन गिरीलाई दुःख दिन खोजेको र आरती रावल गिरीको अनसन, बिष सेवन, आत्मदाहको नाटक र सडक आन्दोलनको दबाबले सर्बोच्च अदालतबाट प्रतिबादीलाई मिति २०८०/१२/२१मा थुनामा राख्ने आदेश भएपछि भुवन गिरी मिति २०८१/०१/०३ देखि कारागार कार्यालय,डिल्लीबजार, काठमाण्डौमा थुनामा रहेको र भुवन गिरीलाई मिति २०८१/०२/१३ मा कसुर ठहर र मिति २०८१/०२/२८ मा सजाय निर्धारण भई ७ बर्ष कैद र रु.३ लाख जरिबाना हुने र पीडितले पतिबाट अंश पाउने एबं प्रतिवादीलाई भएको जरिवानाको रकम रु. ३ लाख समेत पाउने भएकोले क्षतिपूर्ति भराउनु नपर्ने भन्ने फैसला भएपछि आरती रावल गिरीको भुवन गिरी बाट मोटो रकम असुल्ने योजना बिफल भएपछीनिजले सरकारको बिरुद्धमा रु.१ करोड क्षतिपूर्ति रकम माग गरी माईतिघर मण्डलामा सडक अन्दोलन गर्नुको साथै पोलमा झुन्डिन खोजेको रजिल्ला प्रशासन कार्यालय, काठमाण्डौ र रक्षा नेपालबाट रु. ५ लाख क्षतिपुर्ती बुझेपछि आन्दोलन त्यागेकोभन्ने बुझिन आएको छ।

दाङ जिल्ला अदालतका तहसिलदार उपर एक महिलाले हनीट्रयाप गरेको कसुरमा मुद्दा चली महिला धरौटीमा छुटेपछि उक्त महिलाले तहसिलदार उपर जबरजस्ती करणीको मुद्दा दायर गरेको र तहसिलदार धरौटीमा छुटेपछि जाहेरवालीलाई काठमाण्डौमा बोलाई आफ्नो साथमा राखी मिडियाबाजी गर्न लगाईउच्च अदालत,तुलसीपुरमाजाहेरवालीलाई बिष सेवन गर्न लगाई जिल्ला अदालतको आदेश उल्टी गर्न बाध्य पारी तहशीलदारलाई थुनामा पठाउन सफल भएकी,जाहेरवालीले बकपत्र गरिसकेपछि बकपत्रमा सही गरेको र ल्याप्चे लगाउन इन्कार गरेपछि ल्याप्चे लगाउन इन्कार गरेको कारण खोलेर माननीय जिल्ला न्यायाधीश श्री राजेश्वर अर्यालले बकपत्र प्रमाणित गरेपछि अर्को दिन आएर पुन: बकपत्र गर्न माग गरेको र पुन:बकपत्र गर्न अदालतले इन्कार गरेपछि निज आरती रावल गिरीले माननीय जिल्ला न्यायाधीश राजेश्वर अर्यालललाई आफ्नो फेसबुक आईडी GeereeAarti मा गाली गरेको,आफुले गरेको बकपत्र बदरको लागि जाहेरवालीले दांग जिल्ला अदालतमा निबेदन दिएको र बकपत्र बदर नहुने आदेश भएपछी उक्त आदेश उपर उच्च अदालततुलसीपुरमा निबेदन दर्ता गरी जाहेरवाली र आरती रावल गिरी मिलेर माननीय जिल्ला न्यायाधीश श्री राजेश्वर अर्यालको पुत्लादहनगरेकोले आरती रावल गिरी र जाहेरवाला समिक्षा सेढाई उपर दांग जिल्ला अदालतमा मिति २०८१/०८/२६ मा अदालतको अवहेलना मुद्दा (मु.नं.०८१-FN-०५६६) दर्ता भई मिति २०८१/०८/२७ मा बिपक्षीबाट १५ दिन भित्र लिखित जबाफ पेश गर्नु भन्ने आदेश भएकोअवस्था रहेछ।

२५ . कपिलबस्तु जिल्ला अदालतका मानानीय जिल्ला न्यायाधीश श्री शिब बहादुर थापाले मिति २०८१/०७/२८ माआरती रावल गिरीले जिल्ला न्यायाधीश भुवन गिरी उपर दिएको बैबाहिक बलात्कार मुद्दामा अभियोग दाबी नपुग्ने फैसला गरेपछि मानानीय जिल्ला न्यायाधीश श्री शिब बहादुर थापालाई आफ्नो फेसबुक आईडी GeereeAarti मा गाली गरेकोररिपोटर्स क्लबमा गएर पत्रकार सम्मेलन गरी गाली बेईज्जति गर्नुको साथै अदालतलाई धम्की दिएको, निजले जिल्ला न्यायाधीश भुवन गिरी उपर काठमाण्डौमा दिएको जबरजस्ती करणी मुद्दाको फैसला उपर चित नबुझी उच्च अदालत पाटनमा दुवै पक्षको तर्फबाट पुनराबेदन परेकोमा मिति २०८१/०७/०६मा पेशी रहेको र दुवै पक्षका कानुन ब्यबसायीको बहस सकिएपछि जाहेरवाली आरती रावल गिरीले अदालतको कठघरामा उभिएर आफ्नो कुरा राखी सकेपछी आफुले मुद्दा नजित्ने ठानी आफ्नो पक्षमा फैसला गराउन मुसा मार्ने औषधी सेवन गरी फैसला हुन नदिएको रहेछ  ।

उक्त हर्कत गरेपछि निजका उपर उच्च अदालत पाटनमा मिति २०८१/०७/०६ मा अदालतको अवहेलना मुद्दा (मु.नं.०८१-FJ-००७०) दर्ता भएको रसोको भोलि पल्ट निजले माननीय न्यायाधीश श्री डाल बहादुर खड्का र माननीय न्यायाधीश श्री प्रकाश खरेललाई आफ्नो फेसबुक आईडी Geeree Aarti मा लाईभ भिडियोबाट गालि गरेको, हाल निजले आफुले मुद्दा हार्ने र अदालतको अवहेलनामा सजाय पाउँने सम्भाबना देखे पछि एकपटकमा ४३ दिनको लामो तारेख लिएको र हाल अदालतलाई दबाब दिई फैसला हुन् नदिई प्रतिबादीलाई अनाबश्यक थुनामा बस्ने अवस्था सृजना भएको छ।

साथै निजले हाल आफुलाई स्वघोषित सामाजिक अभियन्ताको दर्जा दिई बिभिन्न पुरुषका उपर बिभिन्न महिलाहरुलाई झुट्टा बलात्कारको मुद्दा दिन उक्साई अदालत र न्यायाधीशलाई आफुले भने बमोजिम फैसला र आदेश गर्न बाध्य पार्ने उदेश्यले युटुबमा गालीगर्ने, न्यायाधीशको पुत्ला दहन गर्ने, पत्रकार सम्मेलन गरी अन्तर्वार्ता दिने,फेसबुक र टिकटकमा गाली गर्दै आईरहेको अवस्था छ।

 

 

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार ०९:१७   :  बजे

4K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।