Logo

प्रमुख समाचार

धरानको खानेपानी समस्या लिएर खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ



काठमाडाैं । धरानको खानेपानी समस्या समाधानको लागि उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका छन्। उनी सोमबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेका हुन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्‍दै रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए ।

तर, सुरक्षाका कारणले गर्दा उनलाई गाग्रीसहित सिंहदरबार प्रवेश गर्न अनुमति दिइएको थिएन । त्यसपछि मेयर हर्क गाग्रीविना मन्त्रालयमा प्रवेश गरेका छन् ।

धरानको खानेपानी समस्या लामो समयदेखि यथावत रहेको छ । यसलाई स्थानीय निर्वाचनको एक प्रमुख मुद्दा बनाइएको छ । मेयर हर्क साम्पाङले यसअघि धरानको भानुचोकमा रित्तो गाग्री बोकेर प्रदर्शन गर्दै खानेपानीको अभावका बारेमा जनचेतना फैलाएका थिए ।

आजको कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने पनि उल्लेख गरेका छन् ।

धरानको खानेपानी समस्या जटिल बनेको छ । ४१ वर्षसम्म पानी वितरण गर्दै आएको खानेपानी संस्थानको विघटन पश्चात् २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरिएको थियो। तर, तैपनि पानीको आपूर्ति अवस्था सुधारिएको छैन र स्थानीयवासी अझै पनि पानीको लागि संघर्षरत छन् ।

खानेपानीको अभावले गर्दा धरानमा विभिन्न विवादहरू उत्पन्न हुँदै आएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार १२:२२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।