Logo

समाचार

रविविरुद्ध बहस गर्न भैरहवा पुगे वरिष्ठ अधिवक्ता त्रिपाठी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा सहकारी पीडितहरूको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी रुपन्देहीको बुटवलस्थित जिल्ला अदालत पुगेका छन् । बुधबार उनले सुप्रिम सहकारी संस्थाका पीडितहरूको तर्फबाट बहस गरेका हुन् ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थामा भएको बचत रकम हिनामिना प्रकरणमा पनि उनले पीडितको तर्फबाट अदालतमा बहस गरेका थिए । माघ २ गते उक्त प्रकरणमा रास्वपा कार्यकर्ताले कुटपिट गरेको थिए । त्यसपछि रास्वपाका दुई कार्यकर्तासहित तीनजना प्रहरीको हिरासतमा छन् ।

बुधबार उनले सामाजिक सञ्जालमार्फत् सहकारी पीडितहरूको तर्फबाट बहस गर्न भैरहवा हिँडेको बताएका थिए । भैरहवा उड्नै लाग्दा खराब मौसमले ढिला भएको बताउँदै उनले पीडितहरूको तर्फबाट बहस गर्ने जानकारी दिएका छन् ।

त्रिपाठीले रवि मुछिएको प्रकरणमा निरन्तर सहकारी पीडितहरूको तर्फबाट बहस गरिरहेका छन् ।

प्रकाशित मिति : माघ ९, २०८१ बुधबार  १ : ५३ बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।