विराटनगर । जिल्ला अदालत माेरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धराैटीमा छाड्ने आदेश दिएको छ ।
बिहीबार व्यक्ति ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धराैटीमा छाड्ने आदेश दिएकाे हाे ।
मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार पाेखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको थियाे । बिहीबार बयान र थुनछेक बहसपछि ५ लाख रुपैयाँ धराैटीमा छाड्ने आदेश दिएको उनले जानकारी दिए ।
पाेखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आराेप छ ।
प्रतिक्रिया