Logo

प्रमुख समाचार

नेताको सम्पत्ति छानबिन खै ? कर्मचारीको सातो जाँदैछ



काठमाडौं । भ्रष्टाचारले चुलिएका नेताको सम्पत्ति अख्तियारले जोगाउँछ।

नेता विरुद्ध परेको उजुरी दवाउने अख्तियार नै हो । ३ अर्व ४२ करोड भ्रष्टाचार भएको वाइडबडी काण्डमा प्रमुख आयुक्त प्रेम राईकै अग्रसरता थियो ।

यस्तै समाचार विभिन्न समाचार माध्यममा छाईरहेका छन् ।

तर, अख्तियारले जलारी काण्ड, गिरीवन्धु काण्ड, धर्मशाला काण्ड, सुन तस्करी काण्ड, ओम्नी काण्ड, हुकाम र थामसेर्कु काण्ड मात्र होइन नेपाल ट्रष्टको सम्पत्ति थामसेर्कु समूहलाई दिने ओली सरकारको पूर्ववत योजनाका विरुद्ध परेका कुनै पनि उजुरीको छानविन नगर्ने त्यो अख्तियारमै निष्पक्षता छैन ।

एक पटक सत्तामा गएको नेताले जुनसुकै मन्त्रालयमा भ्रष्टाचार चलाए पनि कारवाही नहुने भए पछि देशमा भ्रष्टाचारले दुर्गन्ध बढाएको छ ।

राजनीतिक गर्नेको कमाईको खोजी कसैले गर्दैन । हात हाती लेनदेन नदेखिए पनि सरकारी राजश्वमा हात लगाएर उद्योगी तथा ब्यापारी वर्गको चित्त बुझाएर नगद भन्दा जिन्सी घर, घडेरी, गाडी हात पार्ने नेता धेरै छन् ।

प्रधानमन्त्री ओलीले भाटभटेनीसँग दान लिएको जमीनसँग त्यो कम्पनीले राज्यलाई तिर्नु पर्ने ४ अर्व ३५ करोड राजश्व मिनाहा गर्दैछन्। जबकी त्यो राजश्व अदालतको फैसलाबाट किटानी भएको हो ।

लोकतन्त्र स्थापना पछिका नेता र मन्त्रीको सम्पत्ति छानविन हुने हो भने कसूर जन्य सम्पत्ति धेरै भेटिन्छन् ।

उनले यसै पटक कम्बोडियामा टेलिकम कम्पनी चलाएका नेपालमा एनसेल कम्पनी खोलेका शतिशलाल गुरुवाचार्यलाई ६ अर्व मिनाहा गराएर अमेरिकास्थित माईको सफटमा बसेर झापा दमकका टंक दाहाल यस विषयमा कराएको कराएकै छन् ।

देशमा पूर्व प्रशासक महाभ्रष्ट भएकाले तिनको सम्पत्ति जफत गर्न निष्कर्ष कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग पुग्यो भनेर खुशी हुने ठाउँ छैन ।

भारतको असाम राज्यका नरेन्द्र होजाईले निर्मल राईको नाउमा नागरिकता लिएर सिन्धुपाल्चोककी सरिता गिरीसँग विवाह गरेर अपराधजन्य कमाई गरेको देखाईएको चर्चा साप्ताहिकमा खबर छ।

होजाई अन्तर्राष्ट्रिय अपराधका आरोपी हुन्। उनले आफ्नो कमाई उनै सरिता गिरीको नाममा राखेको अनुसन्धानले पुष्टि गरेको छ । तर, सरकारले सुरक्षित रुपमा भ्रष्टहरु जोगाएको छ ।

लोकतन्त्रले गणतन्त्रको आडमा नेपाली नागरिकता बेच्यो, विदेशीहरुलाई नेपाल तस्करको आरक्षण भूमि हो भनेर चिनायो, विद्युतीय चुरोटमा सुन तस्करी गर्न सिकायो, भारतीय भूमिबाट रक्तचन्दन नेपालकै बाटो हुँदै चीन तर्फ तस्करी गर्न सिकायो, मन्त्री परिषदबाट निर्णय गराएर २ करोडको काम ६ करोड बनाएर नेताले घुस खान वैद्यता दिलायो ।

प्रकाशित मिति : माघ १६, २०८१ बुधबार  ७ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।