Logo

पत्रपत्रिका

नेपाल स्काउटको बद्नाम गर्ने मन्त्री



काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेता कार्यकर्ताले यदी राज्यको स्रोत साधनमा ब्रम्हलुट मच्चाउन पाउनुपर्छ भन्ने संघीय लोकतन्त्रको मूल्य र मान्यता हो भने संसदमा भएकाअन्य दलले संसदीय अभ्यास बहिष्कार गरे हुन्छ ।

मुलुकको प्राकृत्तिक स्रोत र राज्यको साधन मात्र होइन राज्यको राजस्वमा समेत लुट मच्चाएका यी रैथाने दलकै कारण देशमा अस्थिरता चम्केको जग जायर छ ।

अदालत संवैधानिक अंग ब्यूरोक्रेसी, पेशागत संघ संस्थाको दुरुपयोग गरेर आफ्नो स्वार्थमा रमाएका कांग्रेस र एमालेलाई विद्युतको महसुल, टेलिफोन कम्पनीको रोयल्टी उठाउनु छैन्।

जसले राजस्व तिर्नुछ, उसैबाट चन्दा पार्टीले लिने राज्यको ढुकुटी सक्ने गरेका छन् । ललिता निवास प्रकरणमा पनि कांग्रेस र एमालेकै जोडिए ।

गिरीबन्धु प्रकरण, टिकापुर जग्गा प्रकरण, बालमन्दिर र जग्गा काण्ड, नेपाल स्काउट, जग्गा काण्डमा जोडिएका पात्र र प्रवृत्तिको अनुहारले त्यहीभन्छ ।

नेपाल स्काउटको अन्तर्राष्ट्रिय रुपमा बद्नाम गराउने उर्जामन्त्री दीपक खड्काको नाममा रहेको खड्का ल्याण्डको लुट हो ।

जुन कम्पनीले स्काउटलाई भाडा बुझाउनुको सट्टा स्काउटकै कार्यकारी प्रमुख रहेका रामप्रसाद भट्टराई प्रयोग हुन सकेनन् ।

उनको व्यवहारबाट खडग ल्याण्ड पक्षका प्रमुख आयुक्त महेन्द्रराज रज्जित विवादमा परे । आफु जोगिन भट्टराईलाई निलम्बनसम्म गरे ।

खड्ग ल्याण्डले २ करोड ५० लाख त ति-यो, तर २ करोड ७८ लाखमा विवाद सिर्जना गर्न उर्जामन्त्री सफल भएका छन् ।

उर्जामन्त्रीको शिवपुरी राष्ट्रिय निकुञ्जक्षेत्रमा होटलले कब्जागरेको जमिनका बारेमा पटक पटक विवादमा आएको छ।

यिनैले स्काउट प्रमुख आयुक्त महेन्द्र रञ्जितलाई प्रयोग गरी स्काउटका कार्यकारी निर्देशकमाथि प्रहार गरेका छन् ।

स्काउट ऐन २०५० अनुसार चलेको संस्थामा विश्व स्काउटको सिद्धान्त र मान्यताअनुसार चल्ने संस्थालाई बद्नाम गराउन राज्यपक्ष लागेको छ ।

विभागीय मन्त्री तेजुलाल चौधरीले हस्तक्षेप गर्दा स्काउटका कार्यकारी अधिकृतको निलम्बन फुकुवा भयो ।

तर, एमालेका आडमा स्काउटको सम्पत्ति हजम गर्ने प्रयास गरेका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितको इज्जत कसरी बच्छ ?

विश्व स्काउटको मान्यता विपरित नेपाल स्काउटले आफ्नै सम्पत्तिको संरक्षण गर्दैन भने विद्यालय स्तरमा त्यसका कार्यक्रम फैलिन्छ कसरी ?

जहाँ चार जना सहायक निर्देशकको पद २ वर्ष देखि खाली छन् ।

राजनीतिक दम्भ र घमण्डले आयुक्त रञ्जितले युवा संघका अजित लामालाई कार्यकारी बनाएर मनपरी गर्ने प्रयासको खबर तामाकोशीमा उल्लेख छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलवार ०९:४२   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।