काठमाडौं। प्रभु ग्रुपका अध्यक्ष तथा सांसद देवी भट्टचनलाई ऋण तिर्न ३५ दिने बैंक सूचना हिमालयन बैंक लिमिटेडले प्रभु म्यानेजमेन्टबाट लिएको ऋण चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ।
बैंकले सार्वजनिक रूपमा निकालेको सूचनामा प्रभु समूहका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद देवी भट्टचन व्यक्तिगत जमानतकर्ता रहेको उल्लेख गरिएको छ। बैंकका अनुसार, प्रभु म्यानेजमेन्टले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण समयमा तिर्न नसकेपछि कानुनी प्रक्रिया अनुसार ३५ दिने सूचना जारी गरिएको हो। यदि तोकिएको समयभित्र ऋण चुक्ता नभएमा बैंकले सम्पत्ति रोक्का, लिलामी तथा अन्य कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ।
यस घटनाले वित्तीय क्षेत्रका विज्ञ तथा सर्वसाधारणको ध्यान तानेको छ। प्रभु म्यानेजमेन्टले लिएको ऋणको विषयमा प्रभु समूहका अध्यक्ष कुसुम लामाले स्पष्ट प्रतिक्रिया दिँदै, सो रकममध्ये ठूलो हिस्सा सांसद भट्टचनले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको आरोप लगाएका छन्। लामाका अनुसार, भट्टचनले बैंक ऋण तिर्नुअघि आफूले प्रयोग गरेको रकम फिर्ता गर्नुपर्ने अडान राखेका छन्।
यसैबीच, सांसद भट्टचनले भने आफूमाथि लागेको आरोपको कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। तर, बैंकिङ तथा कानुनी प्रक्रिया अगाडि बढ्दै गएकाले आगामी दिनमा यस विषयमा थप छलफल तथा निर्णयहरू आउने अनुमान गरिएको छ। अब भट्टचन र प्रभु म्यानेजमेन्टले यस विषयमा कस्तो कदम चाल्ने भन्ने चासोको विषय बनेको छ।
प्रतिक्रिया