Logo

प्रमुख समाचार

पाथीभरा केवलकार विवाद वार्ताबाट समाधान गरिने छ : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा–मुक्कुमलुङ केवलकार निर्माणबारेको विवाद समाधान गर्न गठित समितिले वार्तालाई निरन्तरता दिने बताएका छन् ।

उनले मंगलबार एक्स (ट्विटर)मार्फत विवाद समाधान गर्न गृह मन्त्रालयद्वारा गठित समितिले वार्तालाई निरन्तरता दिने बताएका हुन् ।

गृहमन्त्री लेखकले लेखेका छन्- ‘पाथीभरा–मुक्कुमलुङ केवलकार निर्माण बारेको विवाद शान्तिपूर्ण रूपमा सहमति गर्न नेपाल सरकार गृह मन्त्रालयबाट गठित समितिले वार्तालाई निरन्तरता दिनेछ। वार्ता र सहमतिबाट समस्या समाधान गर्न र स्थानीयका गुनासा सुनी सम्बोधन गर्न सबैलाई आग्रह गर्दछु ।’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलवार १४:३०   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।