काठमाडौं । सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । एकै प्रकारका विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै अदालतले रिट निवेदन दर्ता नगरेकाे हाे ।
ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ आदेश गरेका हुन् । आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।
किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्र कुमार लिम्बुले ३ फागुन, २०७७ मा दर्ता गरेको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन भएको र त्यही विषयमा पुरक निवेदन समेत परेको भनी सर्वोच्च अदालतले नयाँ निवेदन दर्ता गर्न अस्वीकार गरेको हो ।
प्रतिक्रिया