Logo

समाचार

जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौं । जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत माघ २२ गते दैलेख जिल्लाको तोलीजैसी केन्द्रबिन्दु भएर चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार  १ : ३३ बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।